सकिएको छैन यात्रा,अझै बाँकी छ
सन्तुष्टिको सास फेर्छु,यही काफी छ।
दौडधुप गरी गरी कहाँ पुग्नु छ र?
मर्ने बेला धनराशि कस्ले पो लान्छ र?
जान्दा-जान्दै यो दुनियाँ किन पापी छ?
सन्तुष्टिको सास फेर्छु,यही काफी छ।
कसैलाई जित्नु छैन जीवनको दौडमा
आफैंसंग हार्न सक्छ जीतको होडमा
आधी बाटो हिंडे होला,अब आधी छ
सन्तुष्टिको सास फेर्छु,यही काफी छ।
No comments:
Post a Comment