Wednesday, 8 August 2018

जागिरेको तलब बढ्छ

जागिरेको तलब बढ्छ,
तलबसंगै खुशी बढ्छ
बेरोजगारीहरुको त
पीरमाथि पीर बढ्छ
हुनेलाई त पैसा बढ्छ
नहुनेलाई महंगी बढ्छ।

पसिनाको बाढी आउँदा
जिन्दगीलाई बगाउँछ
गरिबको पेट यहाँ
कहिले पो अघाउँछ!
दिनदिनै साहुबाट
लिइएको ऋण बढ्छ
तनाबनै तनाब बढ्छ
तन्नेरीमै आयु घट्छ।

धन हुने हरुले त
डाक्टर पाइलट पढाउँछन्
ऋण हुने हरुले त
खाडी मुलुक पठाउँछन्
कमाउने आशै आशमा
बर्ष कट्छ,दशक कट्छ
प्रवासको बसाइँले
प्रेसर बढ्छ,सुगर बढ्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...