Thursday, 31 December 2015

नयाँ बर्ष तिमी

मीठो सप्ना देख्न देउ नयाँ बर्ष तिमी
मनको कुरा लेख्न देउ नयाँ बर्ष तिमी।

आइपरेका बाधा अनि अड्चनहरुलाई
हासी-हासी छेक्न देउ नयाँ बर्ष तिमी।

समस्या संग जुधेर भारी भो जिन्दगी
भारी लाई थेग्न देउ नयाँ बर्ष तिमी।

चिथोरेर रगतम्य बनायो सोह्रले
आलो घाउ सेक्न देउ नयाँ बर्ष तिमी।

चढ्दै,लड्दै,चढ्दै,लड्दै यहाँ सम्म पुगें
शिखरमा टेक्न देउ नयाँ बर्ष तिमी।

Wednesday, 30 December 2015

बेकार रहेछ

पैसा विना सबै कुरा बेकार रहेछ
आखिरीमा साहित्य नि बेपार रहेछ।

मौरीहरु मीठो धुनमा भुन्भुनाई क्यार्नु
मह विना घार पनि के घार रहेछ।

जिते पनि हजारौं ती युद्ध हरु यहाँ
कठै जिन्दगी आफैंमा यो हार रहेछ।

उपहारै ठानेको थे मनुष्यको चोला
उखेलेर फालिएको पो झार रहेछ।

गरे पनि हासी,मजाक मिलनमा रमी
रोई रोई विदा हुनु नै सार रहेछ।

Wednesday, 23 December 2015

हास्नु कति मैले

बनावटी हासो हरु हास्नु कति मैले
एकोहोरो उनी तिर टास्नु कति मैले।

यो दु:खीको याद गर्ने कोही नि भएन
संझनाका थुगाहरु गास्नु कति मैले।

डुबे पछि बचाउने कमै हुन्छन् यहाँ
पिरतीको गहिराइमा भास्नु कति मैले।

टुक्रिएको मुटु बोकी कतिन्जेल बाच्नु
निस्ठुरीको यादमा मुटु मास्नु कति मैले।

सकिएन खुशी पार्न कसै गरि पनि
मनाउन उनी लाई नाच्नु कति मैले।

Tuesday, 22 December 2015

तुसारापात भए पछि

गरिएको आशा माथी तुसारापात भए पछि
आफ्नै भन्ने बाट घात र प्रतिघात भए पछि

जस्ले अरु माथी दोष थुपारे देश द्रोहीको
मातृभुमी सुम्पिदिने उसैको हात भए पछि।

उज्यालोको आशा गर्दा सुनौला दिन हरुमा
अनायसै दिन पनि अधेरी रात भए पछि।

बसन्तको बहारमा रमाउने थियो सप्ना
तर आज शिशिर झैं अति उराठ भए पछि।

बाहिर त हेर्दा खेरी अहो कति सुन्दर छ
यथार्थमा देखाउने हात्तीको दात भए पछि।

Monday, 21 December 2015

पछि आयौ

आशक्त हात चले पछि आयौ
आशाको दियो जले पछि आयौ।

आएनौ तिमी बिस्वास निभ्दा त
फेरि यो आगो बले पछि आयौ।

यो फुल झर्दा छोडी गयौ चट्टै
म भित्र फल फले पछि आयौ।

मैले भनेकै थिए नमातिनु
आफ्नो शरीर गले पछि आयौ।

घमण्ड गर्थ्यौ आफ्नो जवानीको
आज जवानी ढले पछि आयौ।

Sunday, 20 December 2015

फरक भयो

हिजो देखि तिम्रो मेरो बाटो फरक भयो
तिमीले र मैले टेक्ने माटो फरक भयो।

तिमी लाई दुख्दा खेरी दुख्दैन मलाई
चहराउने घाउको नि खाटो फरक भयो।

पुग्यौ तिमी महलमा म त दु:खमै छु
अब हाम्रो जिन्दगीको पाटो फरक भयो।

अस्ति सम्म थियो एकै थाल अनि भात
मुछिने ती खाना अनि आटो फरक भयो।

बन्धनमा बाधिएका थ्यौ एकै डोरीमा
याद राख मायाको त्यो गाठो फरक भयो।

Thursday, 17 December 2015

थोरै चोरी हेर

धेरै हैन गजल थोरै चोरी हेर
सके सम्म आफैं शब्द जोरी हेर।

एक्चोटी नभए अर्को चोटि होला
निरन्तर लागी केही कोरी हेर।

शब्द फुर्न लाई कहिले काहीँ त
कोही कसैको ती च्वाँक छोरी हेर।

अँध्यारो छोडेर उज्यालोमा निस्की
ढकमक्क फुलेको त्यो तोरी हेर।

पुरुषको संसार बाट टाढा गई
स्वर्गकी अप्सरा,परी मोरी हेर।

Tuesday, 15 December 2015

डोली फेरी गयौ

मेरो सिन्दूर लताएर डोली फेरी गयौ
माया गर्छु भन्ने तिम्रो बोली फेरी गयौ।

यहाँको यो सङ्लो पानी धमिलो बनाई
पराईको घर जान खोली फेरी गयौ।

नेपालीको पहिरन तिम्लाई पचेन
तडक्भडक हुन लाई चोली फेरी गयौ।

तिमी दुखी हुँदा खेरी सुखी बनाको थे
तर आज खुशीको यो होली फेरी गयौ।

थोरै पैसाले पुगेन,धेरैको खोजीमा
धन भर्ने पुरानो त्यो झोली फेरी गयौ।

Sunday, 13 December 2015

हलचल आएको छ

तिम्रो रुप देखि यता हलचल आएको छ
मलाइ देखि मुस्कुराउदा केही बल आएको छ।

हिड्दै जादा मेरो मन निकै माथी पुगेको थ्यो
तिमी देख्दा पापी मन अलि तल आएको छ।

वसन्त झैं हरियाली हजुरको जिन्दागानी
यस्तो लाग्यो मेरो पनि मीठो पल आएको छ।

परी जस्ती मोरी संग यौवनका खेल हरु
संझिदा नै पसिना पो खलखल आएको छ।

औंसी जस्तो थियो जीवन मायालुको अभावमा
चन्द्रमा झैं तिमी आयौ झलमल आएको छ।

Friday, 11 December 2015

फर्की हेर्नू

माया मारी गए पनि फर्की हेर्नू प्रिय
यो दु:ख बिर्सी सुखको सास फेर्नु प्रिय।

चटक्कै नभुल्नु सधैं,कहिले सम्झिनु
मलाइ सम्झी कही कतै नाम केर्नु प्रिय।

म त सधैं तिम्लाइ माया गरि रहनेछु
अरु सित अगालोमा तिमी बेर्नु प्रिय।

भन्दिन म मलाइ भेट्नु टाढा गए पछि
तर पनि सम्झनाले मलाइ घेर्नु प्रिय।

नजाउ भन्दा मानिनौ त मैले तिमी लाई
तर उस्को कुरा भने सधैं टेर्नु प्रिय।

हास्दै जानू

मैले देको चोखो माया मास्दै जानू तिमी
रोई रन्छु म त सम्झी हास्दै जानू तिमी।

भुली दिनु यो दुखीलाइ सुख खोज्दै जानू
मलाई छोडी पराइ संग टास्दै जानू तिमी।

छोडी दियौ मेरो साथ स्वार्थी रैछौ तिमी
खुशी हुँदै अन्तै नाता गास्दै जानू तिमी।

फेरी कतै भेट्यो भने यो मन पग्लन्छ
यहाँ देखि धेरै टाढा भास्दै जानू तिमी।

दु:खको नै भुमरीमा थियौ म संग त
जानू अब खुशी हुँदै नाच्दै जानू तिमी।

Thursday, 10 December 2015

कुनै पार्टी लाई

भोट दिई फाइदा छैन कुनै पार्टी लाई
राहत,कोटा ती नेताका छोरा-नाति लाई।

भोट माग्दै घर घरमा आउने सबै लाई
लात मारी निकालिन्छ जुनै बादी लाई।

दिन्न भोट कसै लाई यो मेरो वादा हो
चाहे गोली ठोकी देउ मेरो छाती लाई।

जाली माया देखाउदैछ पूर्व-दरबारीया
कस्तो आशा गर्नु र खै बिस्वासघाती लाई।

देश टुक्याउने खेलमा रास्ट्रघाती हरु
मुद्धा बनाएका छन् ती बिशेष जाती लाई।

भाग्न मन

भाग्न मन लाग्छ आफ्नै छाया देखि टाढा
संसारको जाली,झूटो माया देखि टाढा ।

दयाको त नामै छैन आज मान्छे भित्र
सर्यो क्यारे मुटु पनि बायाँ देखि टाढा।

आट्या काम पूरा हुन्न सधैं अधुरो नै
चन्द्र पनि पुगे जस्तो दायाँ देखि टाढा।

डराउनु पर्ने हुन्छ मान्छे देखि मान्छे
जाउ लाग्छ मान्छेको नै काया देखि टाढा ।

चाया जस्तै सताउछ निस्ठुरीको यादले
जान सक्या छैन अझै चाया देखि टाढा।

जालमा पार्यौ

आफैं बैँशले मातेर माया जालमा पार्यौ
समाजले प्रश्न गर्दा मलाइ गालमा पार्यौ।

दोबाटोमा लगी छोड्यौ बिरानो ठाउँमा
सधैं साथ दिन्छु भनेर बेहालमा पार्यौ।

सिचाइ गर्ने नहर काटी सुख्खा पारी दियौ
हराभरा जिन्दगी लाई अनिकालमा पार्यौ।

स्वर्ग जस्तै संसारमा लगी जान्छु भनी
जबर्जस्ती धकेलेर किन छालमा पार्यौ।

Wednesday, 9 December 2015

कर गरिदैन

आँखा तरी जाने लाई कर गरिदैन
माया मारी जाने लाई भर गरिदैन।

बिस्वासमा अढ्या हुन्छ मायाको संसार
बिस्वासघात गर्ने संग घर गरिदैन।

त्यति कठोर नि छैन यो केटोको मन
माया गर्ने मान्छे लाई पर गरिदैन।

आई लाग्यो भने कोही जाई नै लागिन्छ
आफ्नो बाटो हिडी दिन्छु डर गरिदैन।

मायाको प्यालामा बिष घोल्ने हरु लाई
कुनै पनि हालतमा कदर गरिदैन।

Tuesday, 8 December 2015

दर्शन चाहियो

अति भयो हजुरको दर्शन चाहियो
मधुर त्यो बोली अनि वचन चाहियो।

तिमी भन्नू मेरो जीवन र मेरो मुटु हौ
धक्धक गरि धड्किने धड्कन चाहियो।

शिशिर छ यो जिन्दगी तिम्रो अभावमा
वसन्त झैं तिम्रो तन र मन चाहियो।

मिलन र बिछोड त भैरहन्छ यहाँ
कहिल्यै नि नछुटिने बन्धन चाहियो।

उडौ हामी माथी माथी स्वतन्त्र भएर
हाम्रो जोडी रम्ने सुन्दर गगन चाहियो।

Monday, 7 December 2015

बिना आधार

बिना कुनै प्रमाण,बिना आधार हरु
गरि दियौ त्यसै झुटा प्रचार हरु।

बहि दिन्छौ किन भावनामा तिमी
भावनाको हुन्न कुनै आकार हरु।

मेरो चरित्रको हत्या गर्न खोज्यौ
प्रकट गरि दिन्छु हार्दिक आभार हरु।

माया गर्छु भन्थ्यौ सबै भन्दा धेरै
परिवर्तन भए आज व्यवहार हरु।

तिम्रो दिल भित्र बन्दी भाको थिए
सकि सकेको छ आज करार हरु।

नाकाबन्दी

पहाड र मधेसको बारे हुँदा राजनीति
जनताले दु:ख पाए यति धेरै,विना सित्ती।

संविधान आयो तर देशमा शान्ति आएन
जे सोचेका थियौं हाम्ले त्यस्तो त हुँदै भएन।

शेर्पावान,लिम्बुवान,कोही लाई तमुवान
चाहियो भन्छन् सबैले के भयो हे भगवान।

मधेसीले आगो बाले, मागेर आफ्नै प्रदेश
नाकाबन्दी हुँदा आज बिग्र्यो हाम्रो परिबेश।

इन्धन, औषधि छैन,मचिदैछ हाहाकार
कानमा बुचो लाएर बसिरछ सरकार।

एक,दुई दिन हैन महिनौं भयो यो बन्द
यो बन्दको बिरुद्धमा छैन आवाज बुलन्द।

भुपरिबेस्ठित हाम्रो समुद्रविहिन्  नेपाल
दक्षिणी त्यो सिमानामा नाकाबन्दीको बबाल।

दाउरा बाल्न थाले ती शहर र बजारमा
परेको छ आज यहाँ मानवता संकटमा।

वार्ता हुन्छ दिनदिनै सफल चाहिँ हुदैन
देशमा शान्तिको दिन अझै पनि आको छैन।

सरकारले बिकल्प अब नयाँ खोज्नु पर्छ
जनताको हितमा नै कुनै बाटो रोज्नु पर्छ।

Sunday, 6 December 2015

तिम्रो मेरो शहर

तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
मिलनको नौलो प्रहर, रहरमै सिमित भयो।

दु:ख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो।

सिउदोमा सिन्दूर हाली,डोलीमा सजाइ लाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो।

न त मैले जिउन सके,न त चट्टै मर्न सके
पिउने बिसालु जहर,रहरमै सिमित भयो।

तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
मिलनको नौलो प्रहर,रहरमै सिमित भयो।

Friday, 4 December 2015

सम्बन्ध

बेटी र रोटीको सम्बन्ध
टोपी र धोतीको सम्बन्ध।

जनता भ्रममा नै रहेछन्
ओली र मोदीको सम्बन्ध।

नेपाल र भारतको बीचमा
खै उच्च-कोटीको सम्बन्ध।

ओली र बिद्याको सम्बन्ध
भाले र पोथीको सम्बन्ध।

भन्दिन म तिम्रो र मेरो
ती धेरै चोटीको सम्बन्ध।

कहिले पो होला र हाम्रो
हीरा र मोतीको सम्बन्ध।

Thursday, 3 December 2015

साहित्यिक भयो

अनायसै आज केटो साहित्यिक भयो
थाहा छैन ठीक भयो कि बेठीक भयो।

मनले मात्र प्रेम गरी जीवन चल्छ र?
तिमी भन्छौ मेरो प्रेम शारीरिक भयो।

हिजो जे जे गरे पनि स्वीकारै थियो
आज चाहिँ यो कसरी अनैतिक भयो?

गोप्य थिए सबै कुरा,ब्यक्तिगत थियो
आफैं हल्ला फिजाएर सामाजिक भयो।

दोस दियौ मेरो नियत,व्यवहार लाई
एउटै कारण तिम्रो लागि आर्थिक भयो

मनको व्यथा लेख्दैछु म,सुनुवाइ भएन
तिम्रै कुरा सुन्ने हरु अत्याधिक भयो।

गजल गाउन खोज्दा

गजल गाउन खोज्दा बक्बक बनी दियो
मेरो जीवन कथा रोचक बनी दियो।

पाइला चाल्दै छु म लक्ष्य भेट्न लाई
सफल हुन प्रयास अथक बनी दियो।

खुशी राख्न खोज्दा सधैं उनी लाई
आज आफ्नै जीवन बन्धक बनी दियो।

आरोह,अबरोह भयो पिरतीमा
यहीँ सफलताको कारक बनी दियो।

कैले चौका हाने, कैले छक्का हाने
यसैले मायामा शतक बनी दियो।

द्धीप हु म

अध्यारोमा चम्की दिने चम्किलो द्धीप हु म
मनको धनी जरुर छु म,धनको गरीब हु म।

माया लाको छैन कतै,तन देको छैन
तिम्ले कस्तो सोची दियौ अति सरीफ हु म

प्रेमरुपी प्याला माथी माया पस्की दिदा
उल्टै नाइँ नास्ती गर्ने त्यस्तो अजीव हु म

आफ्नो लक्ष्य थाहा छैन,तैपनी हिन्दैछु
मसी सके पनि लेख्ने कलमको नीब हु म।

मनको भारी मेरो सामू नबिसाए हुन्छ
घाउमा लाउने मलम हैन,उल्टै तक्लीफ हु म

गस्ती गर्छौ तिमी

मेरो अंग अंग तिर गस्ती गर्छौ तिमी
हुन्न भन्दा पनि जबर्जस्ती गर्छौ तिमी।

मन भित्र हुन्छ माया,शरीरमा हुँदैन
मेरो चाहना बिपरित मस्ती गर्छौ तिमी।

कहाँ थियो र गन्तव्य, आज यही रोक्यौ
मेरो दिलको शहरमा बस्ती गर्छौ तिमी।

सत्तामा छु

दिलैको केन्द्रीय सत्तामा छु म
तर पनि विना भत्तामा छु म।

कुनै चाल चाल्ने कोसिस नगर
पुलिस र सेनाको जत्थामा छु म।

सिंगो विरुवालाइ हात लिए पनि
फूल होइन अझै पत्तामा छु म।

छौ धेरै नशालु, नजिक हुदा नि
नचुसी फूलरस लट्ठामा छु म।

हात माथी उठाउ,स्वीकार हार
शक्ति,गोली अनि गट्ठामा छु म।

आतिनु पर्दैन तिमीले प्रिय
मनोरञ्जन अनि ठट्टामा छु म।

Tuesday, 1 December 2015

दारु पिए पछि

दु:ख पीडा दुर हुन्छ दारु पिए पछि
अचम्मको सुर हुन्छ दारु पिए पछि।

कल झगडा सुरु हुन्छ घर पस्दा पस्दै
बुढी रीसले चुर हुन्छ दारु पिए पछि।

धनको नास,बनबास हुन्छ जिन्दगीमा
असल जीवन झुर हुन्छ दारु पिए पछि।

खाना पनि चाहिदैन, ओढ्ने चाहिदैन
जाडोले थुर-थुर हुन्छ दारु पिए पछि।

बानी लागेपछि यस्को हरेक दिन चाइने
भट्टी छिर्न आतुर हुन्छ दारु पिए पछि।

कोसेली

मेरो साथी छुट्टी मानी आएको छ
कोसेली डल्ले खुर-सानी आएको छ।

आफूले त पाइन घर जान छुट्टी
सम्झेर आँखामा पानी आएको छ।

चिट्ठी पनि आ'छ कोसेली संग संगै
गाउँ घरको कुरा-कानी आएको छ।

फोटो पनि रै'छ आमा र छोराको
सम्झनामा मेरी रानी आएको छ।

Monday, 30 November 2015

कति सप्ना हरु

बिमानस्थल बाट गुडे कति सप्ना हरु
हेर्दा हेर्दै माथि उडे कति सप्ना हरु।

परिवार,साथी,भाइ,नेपाली माटोमा
माया गाढा बनी छुटे कति सप्ना हरु।

घर छोडी विदेशमा आइयो बाध्यताले
विदेश पुगे पछि फुटे कति सप्ना हरु।

घर,जग्गा धितो राखी बेचियो बिदेशमा
दलाल हरु मिली लुटे कति सप्ना हरु।

खाने,सुत्ने टुंगो छैन कामको ब्यस्तताले
सुत्नै नपाइ त्यसै उठे कति सप्ना हरु।

मीठा मीठा सप्ना बोकी आइयो बिदेशैमा
देख्नै नपाइ बीचमा टुटे कति सप्ना हरु।

रक्सी पिए पछि

राम पनि रावण हुन्छ रक्सी पिए पछि
कहानीले मन छुन्छ रक्सी पिए पछि।

भाबनामा खेल्वाड गर्छ अजङ्गको चीज
पीडा,व्यथा सम्झी रुन्छ रक्सी पिए पछि।

बाघ नि बिरालो देख्छ यस्को सेवन गरे
आफू भन्दा ठूलो कुन्छ रक्सी पिए पछि।

क्षणमै हसाउछ यस्ले,क्षणमै रुवाउछ
जोड,घटाउ,भाग,गुन्छ रक्सी पिए पछि।

तिरी-मिरी झ्याइ हुन्छ,मृगतृस्णा देख्छ
गलत बाटो पनि चुन्छ रक्सी पिए पछि।

सगरमाथा चढ भन्छ,सागर तर भन्छ
साहसिलो सप्ना बुन्छ रक्सी पिए पछि।

ईतिहासै पल्टाइदिन्छ प्रत्यक पाना पाना
सम्झनाको माला उन्छ रक्सी पिए पछि।

Sunday, 29 November 2015

जब जब दिन

जब जब दिन राती भयो
यादहरुको लामो ताती भयो।

बेलैमा असली त्यो अनुहार
देखाएर गयौ जाती भयो।

घात गर्ने तिमी र साथ छोड्ने
अझै तिम्रै कुरा माथी भयो।

पिउछु दु!ख भुल्न,पिउन देउ
बोतलै दुखीको साथी भयो।

बाच्न सिकी सके म पीडामा
सुख भन्नू सधैं थाती भयो।

"माङ"को दु:खमा तिमी हास्दा
छट्पटिने मेरो छाती भयो।

ठट्टा ठान्यौ

माया गर्छु भन्दा खेरी ठट्टा ठान्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।

तिम्रो दिल चोरी हुँदा हिरासतमा लियौ
कारागारमा राखी राखी सजाय नै दियौ
तिम्रो लागि मर्छु भन्दा  फटाहा ठान्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।

बन्दी जीवन बिताउदैछु चाम्रो दिल भित्र
बास बसी हेर  मेरो राम्रो दिल भित्र
माया गर्ने मान्छे लाई चट्ट छोड्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।

ठट्टा ठान्यौ

तिम्लाइ माया गर्छु भन्दा ठट्टा ठान्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।

तिम्रो दिल चोरी हुँदा हिरासतमा लियौ मलाइ
कारागारमा राखी राखी सजाय नै दियौ मलाइ
तिम्रो लागि मर्छु भन्दा  फटाहा ठान्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।

बन्दी जीवन बिताउदैछु तिम्रो चाम्रो दिल भित्र
माया गर्ने मान्छे लाई चट्ट छोड्यौ तिम्ले।

बित्यो जिन्दागानी

त्यो मुटुको कारागारमा बित्यो जिन्दागानी
मायाको नै हाहाकारमा बित्यो जिन्दागानी।

हत्या भयो चोखो माया,हिंसा मन भित्र
काटाकाट र मारामारमा बित्यो जिन्दागानी।

बेरोजगारी बाबा आमा,बाध्यतामा छु म
गरीबको परिवारमा बित्यो जिन्दागानी।

केही गर्न खोज्यो कि त खुट्टा नै तानिन्छ
जाली,झेली यो संसारमा बित्यो जिन्दागानी।

उनी पारी आफू वारि,धाए कति कति
कैयौं यस्ता वार र पारमा बित्यो जिन्दागानी।

खुशी,सुख खोज्न टाढा टाढा सम्म पुगे
खुशीको नै इन्तजारमा बित्यो जिन्दागानी।

Saturday, 28 November 2015

पागल बनाउछ क्यारे

गजलले मलाई पागल बनाउछ क्यारे
आकाशमा उड्ने बादल बनाउछ क्यारे।

सुन्दरीको हात बाट फुत्त फुत्किने
मुलायम,बास्नादार आचल बनाउछ क्यारे।

ठुला ठुला आँखा भएका स्त्री हरुको
आँखामा लगाउने गाजल बनाउछ क्यारे।

जस्ले पनि टप्प टिपी मुखमा हाल्ने
गुलियो,रसिलो काफल बनाउछ क्यारे।

सबैले टेकेर हिन्ने जहिले पनि
पीडामा परिने पातल बनाउछ क्यारे।

Friday, 27 November 2015

विष खुवाएर तिमी लाई

हासी हासी हिन्दिन म रुवाएर तिमीलाई
अमृत भनेर विष खुवाएर तिमी लाई।

बेचैन हुन्छन् आँखा तिमी लाई देख्न भनी
चलिरन्छ मेरो हात तिम्रै नाम लेख्न भनी
टाढा टाढा जादिन म झुक्याएर तिमीलाई
अमृत भनेर विष खुवाएर तिमी लाई।

तिम्लाई खुशी राख्न काडाहरु टेकी हिन्छु
संसारका सारा खुशी तिम्रै लागि ठेकी दिन्छु
कहाँ छोड्छु म दु:खमा डुबाएर तिमीलाई
अमृत भनेर विष खुवाएर तिमी लाई।

असर बाकी छ

माया लाएको असर बाकी छ
संगै घुमेको सहर बाकी छ।

प्रीतिको खोला सुकी सकेर
उराठ्लाग्दो त्यो बगर बाकी छ।

पहिलो चोटी भेट हुदाको
झट्टै जुधेको नजर बाकी छ।

पराइको माया सदर गरेर
मलाइ गरेको बदर बाकी छ।

अर्कैको डोली चढी रे भन्ने
मुटु दुखाउने खबर बाकी छ।

बेहाल हुन्छ

असल नेता नभएर नै बेहाल हुन्छ
दिन दिनै यस्तै बन्द र हड्ताल हुन्छ।

जनता रगत र पसिना जति बगाए नी
धनी हुने कुरै छैन,झन् कंगाल हुन्छ।

पहिरो र भुकम्पले घरबार विहीन हुँदा
घर,सम्पतिको नाउँमा एउटा पाल हुन्छ।

मौका पर्दा चौका हान्छन् स्वार्थी नेता हरु
जनता भोकै मर्दा नेता मालामाल हुन्छ।

जुन नेता बाट धेरै आशा राख्या हुन्छ
उहीँ नेता नै बिदेशी को दलाल हुन्छ।

बीउ नपाई किसान् हरु तड्पी रहेकाछन्
देशमा किन त्यसै यस्तो अनिकाल हुन्छ।

गोला लाई ढुंगा हान्छन् र त देशद्रोही
जनता त्यस्ता नेता प्रति अरिङ्गाल हुन्छ।

रित्तो हात फर्किनुछ घण्टौ लाईन बसी
पहुँचवालाकोमा ग्यास फालाफाल हुन्छ।

राजाको काम आजको,कैले जाला घाम
कर्मचारी यता उति आल-टाल हुन्छ।

यो देशको स्थिती लाई देखि अनायसै
मेरा आँखामा आशुको ठूलो ताल हुन्छ।

मिहिनेती र कर्मठ भई के नै गर्नु
गरीबको घरमा कठै रित्तो थाल हुन्छ।

नेता र राजनीती यहाँ अभिशाप बन्या छ
अनि कहाँ सुन्दर,शान्त यो नेपाल हुन्छ?

सफाइ दिउला

मायाको यो अदालतमा सफाइ दिउला
विस्वास यदि नलागेमा भर्पाइ दिउला।

मलाइ छोडी अन्त कतै किन जान्छ्यौ
गएरै छोड्ने भए म बिदाइ दिउला।

तिम्रो खुशीको लागि त ज्यानै दिन्छु
तिमी अघाउदैनौ भने नखाइ दिउला।

नयाँ जीवन सुरु गर्छौ भने तिमी
गर तिम्रै मर्जी हो नि बधाइ दिउला।

मेरो आबस्यक्ता परे तिमी लाई
मनको ढोका खुल्लै राख म आइ दिउला।

अगालोमा बेर्न पाए

तिमी लाई अगालोमा बेर्न पाए हुन्थ्यो
तिम्रो तस्वीर यो मुटुमा केर्न पाए हुन्थ्यो।

हरे दैव म देख्दैछु तिमी पराइ संग
अशुभ देख्ने मेरा आँखा फेर्न पाए हुन्थ्यो।

आँखा चिम्ली बसेको छु तिम्रै सम्झनामा
आँखा खोल्दा मेरै सामू हेर्न पाए हुन्थ्यो।

माङ" बाट भागी हिन्ने निर्दयी त्यो मन
चारै तिर यादहरुले घेर्न पाए हुन्थ्यो।

Thursday, 26 November 2015

पीडा

तिम्लाइ के था आफ्नै बाट छुटिदाको पीडा
बीच बजारमा आफ्नो इज्जत लुटिदाको पीडा।

दैव पनि शत्रु बन्यो यो दु:खीको लागि
अनायसै घर-बार उठिदाको पीडा।

दिन,रात कर्मशील नबनेको होइन
तर भाग्य शिसा सरी फुटिदाको पीडा।

पराइको त के नै कुरा गर्नु र हजूर
आफन्त बाट नै आज कुटिदाको पीडा।

तिम्लाइ के था आफ्नै बाट छुटिदाको पीडा
बीच बजारमा आफ्नो इज्जत लुटिदाको पीडा।

Tuesday, 24 November 2015

कसम तोडिन्छ

खाएको बाचा कसम तोडिन्छ
कतिको असल घर्जम तोडिन्छ।

मायाको पनि बजार हुन्छ रे
माया किन्न लाइ रकम तोडिन्छ।

मै हू भन्ने त्यो मान्छेको पनि
कुनै दिन उस्को अहम तोडिन्छ।

नयाँ बेहूली, लाजले भुत्तुक्कै
सुहागरातैमा शरम तोडिन्छ।

जस्तो आएको त्यस्तै जानेछौ
पैसा सब ठान्ने को भ्रम तोडिन्छ।

पीर मायालु

नमान तिमीले कुनै पीर मायालु
झुक्न दिने छैन तिम्रो शीर मायालु।

तिम्लाइ माया गर्ने यही एउटा मुटु
नचलाउ यसैमा तीखो तीर मायालु।

यदि छैन भने विस्वास तिमी लाई
बन्धकी राखुला यो शरीर मायालु।

माया मेरो अपार, अटल छ सधैं भरी
नभएर के भो म अमीर मायालु।

पाखुरी खियाउछु, पसिना बगाउछु
कोरौला नि आफ्नै यो तक्दीर मायालु।

Sunday, 22 November 2015

भालेको डाक संगै

भालेको डाक संगै उठ्ने हरु लाई
सलाम छ देशको लागि जुट्ने हरु लाई।

नारी र पुरुष सबै बराबर नै हुन् नि
के भनौं र श्रीमती कुट्ने हरु लाई।

कहिले भुकम्प त कहिले के नाममा
जनताका ती राहत लुट्ने हरु लाई।

बर्सौ उठ्बस गरेका मूल पार्टी बाट
कुर्सीको लागि चट्टै छुट्ने हरु लाई।

अन्यायको पनि त एउटा सीमा हुन्छ
हलो अड्काई गोरु चुट्ने हरु लाई।

पुरानो रक्सी भरी नयाँ बोतल भित्र
शक्तिको नै पगरी  गुथ्ने हरु लाई ।

बुढेसकालमा पनि बच्चा जस्तै बनी
रास्ट्रको ओछ्यानमा मुत्ने हरु लाई।

अनिर्णयको बन्दी बनाइ देश लाई
कैल्यै नउठ्ने गरी सुत्ने हरु लाई।

विश्वको परिक्रमा गर्छु भन्दै कठै
बयल गाडीमा नै गुड्ने हरु लाई ।


साथ रमाइलो

तिमी संग बिताएका साथ रमाइलो
बिना लाज बोलिएका बात रमाइलो।

गजालु तिम्रा आँखाका नसालु हेराइ
लट्ठिएका यौवनका मात रमाइलो।

अंग र प्रत्यङ्ग प्रष्ट देख्ने गरी भिज्यौं
संगै भिजिंदाको त्यो बर्सात रमाइलो।

दु:ख पनि सुख हुन्छ तिम्रो सामीप्यमा
औंसीको उराठलाग्दो रात रमाइलो।

असम्भव पनि सम्भव हुन्छ तिमी हुँदा
मान्नै पर्छ स्त्रीको त जात रमाइलो।

दोबाटोमा सधैं

दोबाटोमा सधैं कुराएर छाड्यौ
जिउँदै घाटमा पुर्याएर छाड्यौ।

थियौ बेहोसीमा,अन्धी अनि प्यासी
आफैंले इज्जत लुटाएर छोड्यौ।

तिमी नै थियौ त मायाको हत्यारा
कठघरामा मलाइ उभाएर छोड्यौ।

बिकाउ न्यायधीश,वकिलले फैसला
दोसीकै पक्षमा सुनाएर छाड्यौ।

निर्दोष भए पनि पहुँच छैन मेरो
मायाको पासोमा झुन्डाएर छाड्यौ।

Saturday, 21 November 2015

देश रहन्न कि

बिदेश रहदा जवानी शेष रहन्न कि
भासिएको छु खाडीमा केश रहन्न कि।

सिक्न थाल्यौं विदेशको संस्कृती,पहिरन
दुई चार सालमा हाम्रो भेष रहन्न कि।

आजका यी युवा हरु डुबेर नशामा
संसारमा कतै गाजा, चरेस रहन्न कि।

गिद्दे नजर लाउन थाले छिमेकीले यता
तराईको भू-भाग मधेस रहन्न कि।

लडाइँ अनि झगडा,बन्द र हाड्ताल
पहिलेको जस्तो परिबेश रहन्न कि।

दिनानुदिन मिचिदैछ देशको सिमाना
चिन्ता लाग्न थाल्यो कतै देश रहन्न कि।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...