बिदेश रहदा जवानी शेष रहन्न कि
भासिएको छु खाडीमा केश रहन्न कि।
सिक्न थाल्यौं विदेशको संस्कृती,पहिरन
दुई चार सालमा हाम्रो भेष रहन्न कि।
आजका यी युवा हरु डुबेर नशामा
संसारमा कतै गाजा, चरेस रहन्न कि।
गिद्दे नजर लाउन थाले छिमेकीले यता
तराईको भू-भाग मधेस रहन्न कि।
लडाइँ अनि झगडा,बन्द र हाड्ताल
पहिलेको जस्तो परिबेश रहन्न कि।
दिनानुदिन मिचिदैछ देशको सिमाना
चिन्ता लाग्न थाल्यो कतै देश रहन्न कि।
No comments:
Post a Comment