भालेको डाक संगै उठ्ने हरु लाई
सलाम छ देशको लागि जुट्ने हरु लाई।
नारी र पुरुष सबै बराबर नै हुन् नि
के भनौं र श्रीमती कुट्ने हरु लाई।
कहिले भुकम्प त कहिले के नाममा
जनताका ती राहत लुट्ने हरु लाई।
बर्सौ उठ्बस गरेका मूल पार्टी बाट
कुर्सीको लागि चट्टै छुट्ने हरु लाई।
अन्यायको पनि त एउटा सीमा हुन्छ
हलो अड्काई गोरु चुट्ने हरु लाई।
पुरानो रक्सी भरी नयाँ बोतल भित्र
शक्तिको नै पगरी गुथ्ने हरु लाई ।
बुढेसकालमा पनि बच्चा जस्तै बनी
रास्ट्रको ओछ्यानमा मुत्ने हरु लाई।
अनिर्णयको बन्दी बनाइ देश लाई
कैल्यै नउठ्ने गरी सुत्ने हरु लाई।
विश्वको परिक्रमा गर्छु भन्दै कठै
बयल गाडीमा नै गुड्ने हरु लाई ।
No comments:
Post a Comment