तिमी संग बिताएका साथ रमाइलो
बिना लाज बोलिएका बात रमाइलो।
गजालु तिम्रा आँखाका नसालु हेराइ
लट्ठिएका यौवनका मात रमाइलो।
अंग र प्रत्यङ्ग प्रष्ट देख्ने गरी भिज्यौं
संगै भिजिंदाको त्यो बर्सात रमाइलो।
दु:ख पनि सुख हुन्छ तिम्रो सामीप्यमा
औंसीको उराठलाग्दो रात रमाइलो।
असम्भव पनि सम्भव हुन्छ तिमी हुँदा
मान्नै पर्छ स्त्रीको त जात रमाइलो।
No comments:
Post a Comment