त्यो मुटुको कारागारमा बित्यो जिन्दागानी
मायाको नै हाहाकारमा बित्यो जिन्दागानी।
हत्या भयो चोखो माया,हिंसा मन भित्र
काटाकाट र मारामारमा बित्यो जिन्दागानी।
बेरोजगारी बाबा आमा,बाध्यतामा छु म
गरीबको परिवारमा बित्यो जिन्दागानी।
केही गर्न खोज्यो कि त खुट्टा नै तानिन्छ
जाली,झेली यो संसारमा बित्यो जिन्दागानी।
उनी पारी आफू वारि,धाए कति कति
कैयौं यस्ता वार र पारमा बित्यो जिन्दागानी।
खुशी,सुख खोज्न टाढा टाढा सम्म पुगे
खुशीको नै इन्तजारमा बित्यो जिन्दागानी।
No comments:
Post a Comment