माया गर्छु भन्दा खेरी ठट्टा ठान्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।
तिम्रो दिल चोरी हुँदा हिरासतमा लियौ
कारागारमा राखी राखी सजाय नै दियौ
तिम्रो लागि मर्छु भन्दा फटाहा ठान्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।
बन्दी जीवन बिताउदैछु चाम्रो दिल भित्र
बास बसी हेर मेरो राम्रो दिल भित्र
माया गर्ने मान्छे लाई चट्ट छोड्यौ तिम्ले
केही पनि नजान्ने मट्ठा ठान्यौ तिम्ले।
No comments:
Post a Comment