राम पनि रावण हुन्छ रक्सी पिए पछि
कहानीले मन छुन्छ रक्सी पिए पछि।
भाबनामा खेल्वाड गर्छ अजङ्गको चीज
पीडा,व्यथा सम्झी रुन्छ रक्सी पिए पछि।
बाघ नि बिरालो देख्छ यस्को सेवन गरे
आफू भन्दा ठूलो कुन्छ रक्सी पिए पछि।
क्षणमै हसाउछ यस्ले,क्षणमै रुवाउछ
जोड,घटाउ,भाग,गुन्छ रक्सी पिए पछि।
तिरी-मिरी झ्याइ हुन्छ,मृगतृस्णा देख्छ
गलत बाटो पनि चुन्छ रक्सी पिए पछि।
सगरमाथा चढ भन्छ,सागर तर भन्छ
साहसिलो सप्ना बुन्छ रक्सी पिए पछि।
ईतिहासै पल्टाइदिन्छ प्रत्यक पाना पाना
सम्झनाको माला उन्छ रक्सी पिए पछि।
No comments:
Post a Comment