तिमी गयौ स्कुटर चढेर
अन्तै माया निर्मोही लाएर
कसले बुझ्ने पीडा यो मनको
गाह्रो भयो जवानी बढेर।
एकोहोरो रोटी नि पाक्दैन
ताली बज्न दुईहात चाहिन्छ
मरिजाने यो हाम्रो चोलामा
चोखो माया लाएको पाइन्छ।
तिमी गयौ नौं डाँडा काटेर
यो दु:खीलाई एक्लै पारेर
कसले बुझ्ने पीडा यो मनको
गाह्रो भयो जवानी बढेर।
तिमीलाई नहोस् है पछुतो
गयौ किन पछ्याई त्यो बूढो
निभ्न लाको बत्तीलाई अंगाल्यौ
तिमी किन बुझ्दिनौ यो कुरो।
सम्पत्तिको पछाडि लागेर
नसोचेर गैहाल्यौ भागेर
कसले बुझ्ने पीडा यो मनको
गाह्रो भयो जवानी बढेर।
No comments:
Post a Comment