मेरै आलो रगतले तिम्रो सिउँदो भरिदिन्छु
औकातले भ्याएसम्म खुशीहरु छरिदिन्छु।
सिंचिदिन्छु बगरहरु,फोडिदिन्छु पत्थरहरु
आफूलाई बेचेर नि किनिदिन्छु रहरहरु
उकालीमा चढिदिन्छु,ओरालीमा झरिदिन्छु
औकातले भ्याएसम्म खुशीहरु छरिदिन्छु।
गरीबको झुपडीमा पिरतीको दियो बल्ला
परिश्रम गर्यो भने आँगनीमै भाग्य फल्ला
तिमीलाई बचाउन बरु आफैं मरिदिन्छु
औकातले भ्याएसम्म खुशीहरु छरिदिन्छु।
No comments:
Post a Comment