Thursday, 5 October 2017

आगो रै'छ

आगो रै'छ तिम्रो रुप,नौनी जस्तै पग्लिदिन्छु
ढुंगा जस्तो बन्न खोज्छु,पानी जस्तो बनिदिन्छु।

कायापलट ल्याउन सक्ने जादूमय जवानीको
कसरी म वर्णन गरुँ,~~कमाल आनी-बानीको
बर्षायामको मौसम झैं एकैछिन बद्ली दिन्छु
ढुंगा जस्तो बन्न खोज्छु,पानी जस्तो बनिदिन्छु।

कति मीठो बास्ना तिम्रो ~यौवनको फूलबाट
लोभी एक भमराले ~~थामिदिन्छु तिम्रो हात
अन्तै हिंड्न लाको मान्छे तिमी तिरै फर्की दिन्छु
ढुंगा जस्तो बन्न खोज्छु,पानी जस्तो बनिदिन्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...