आङकामी शेर्पालाई दोश्रो रवि लामिछानेको संज्ञा दिएर उसलाई अन्याय गर्ने काम नगरौं।आङकामीको आफ्नै स्थान छ र रविको पनि।एक-अर्काको बीचमा तुलना गर्नु न्यायोचित होला जस्तो लाग्दैन।उसो त रवि लामिछाने नेपालको मिडियामा आउनुपूर्व नै समाजसेवा गरेर आङकामीले आफ्नो पहिचान बनाइसकेको थियो।अहिलेसम्म बिदेशमा अलपत्र परेका ५६ जनालाई उद्धार गरिसकेका छन्।यता रवि लामिछानेको कदम पनि सह्रानीय छ।दलालबाट ठगिएका,फसाइएका पीडितहरुलाई उद्धार गरिरहेको छ।आवाजविहीनहरुको आवाज बनिरहेको छ।उत्पीडितहरुका मसिहा बनिरहेको छ।घुसखोरी,अन्याय र अत्याचारका विरुद्ध लडिरहेको छ।मिडियामा छाइरहेको छ।आङकामी मिडियामा थोरै छाएपनि सामाजिक संजालमा छाइरहेकै छ।उसलाई पनि चर्चामा ल्याउनु सकारात्मक पक्ष हो तर चर्चाको नाममा द्धितीय बनाउनु सरासर अन्याय गर्नु हो।उसको आफ्नै सामाजिक कर्म छ,पहिचान छ।उसलाई चिन्न कसैको नामसंग जोड्न र जोडिन आवश्यक छैन।उसो त उसलाई पहिलो हुनुपनि छैन।समाजसेवीहरु निस्वार्थ काम गर्छन्।उनीहरूलाई नाम र दामसंग कुनै सरोकार हुन्न।
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment