दयाका महासागर हुन्,गौतम बुद्ध
शान्तिका अग्रदूत हुन्,गौतम बुद्ध
आम प्राणीका शुभचिन्तक,दार्शनिक
संसारकै महामानव हुन्,गौतम बुद्ध।
Sunday, 29 April 2018
महामानव
कविताको ब्रम्हाण्ड
मदिरा पिएर कविता लेख्दिन
कविताले नै मलाई पिउँछ
भुँडीमा पुगेर छचल्किन्छु
मथिङ्गल खल्बलिन्छ।
उनलाई कन्ट्रोल गर्न सक्दिन
उनैले मलाई कन्ट्रोल गर्छ
लिमिट गरी-गरी मस्तिष्कसंग दोस्ती गर्छ।
स्वयं हिंडेर उनको भुँडीमा पुग्या हैन
ऊ भित्र पस्ने लाखौं ढोका हुने रहेछन्
ढिंडोको टुक्रा मुखबाट आन्द्रामा पुगेझैं
संघारबाटै चिप्लिएर खसेको हुँ।
अजङ कविताको ब्रम्हाण्डमा
छन्दका रसिला ग्रहहरु
अन्तरिक्षमा फनफनी घुमिरहन्छन्
मिठास लयमा उपग्रहहरु गुञ्जिरहन्छन्
गद्यका ताराहरु टिल्पिलाइरहन्छन्।
कविताको भुँडी जलमग्न हुनेरहेछ
महासागर जत्तिकै अपार/विशाल।
स्विमिङपुलमा पौडेको पाराले-
पार नलाग्ने रहेछ।
सूक्ष्म नशा जस्तै काव्य-पुलहरु -
यत्रतत्र तैरिएका हुन्छन्
जसले निचोडमा पुर्याउन मद्दत गर्छन्।
कविताको एउटा कोषको सागरमा
विभिन्न शब्दका मत्स्यहरु खेलिरहेका
भावका प्रजातिहरु डुलिरहेका
शब्दकोषका गोहीहरु मुख बाइरहेका
व्याकरणका ह्वेलहरु नाचिरहेका
दर्शनका मोतीहरु टल्किरहेका
सुन्दरताका सुनहरु चम्किरहेका हुन्छन्।
मोती टिप्न खोजे सुन फुत्किन्छ
सुन टिप्न खोजे मोती उछिटिन्छ
ह्वेलसंग खेल्न खोजे गोहीले निल्न खोज्छ
एक्लै/रित्तै समेत पौडिन गाह्रो
तमाम अवयव बोकेर निस्किन झन गाह्रो।
बाहिर आउनुपूर्व
उनको पाचन-प्रणालीले पचाउन पनि सक्छ
दिशा भएर मलद्धारबाट-
निष्कासित हुन पनि सक्छु
पिसाब भएर मुत्रद्धारबाट-
तुर्किन पनि सक्छु।
कविताको कुरुक्षेत्रबाट
बाँचेर सकुशल फर्कें भने
उनीसंग पुनःसाक्षात्कार होला
नत्र-भने डाइनोसर जस्तै-
लोप हुने पक्का।
शुटिङ
जिन्दगीमा प्रकृतिको रंग भर्न जाऔंला
पहिले झैं फेरि हामी लभ पर्न आऔंला
तिमी मेरी हिरोईन,म चाहिँ तिम्रो हिरो
संगै मिली पोखरा शुटिङ गर्न जाऔंला।
Tuesday, 24 April 2018
हिमालको हावा
हिमालको हावा सरी तिम्रो सास शित्तल लाग्छ
तिमी संगै छैनौ भने सुन पनि पित्तल लाग्छ
कठै जिन्दगी
तिमी विना जिन्दगी
खै के जिन्दगी।
एक अँजुली माया पाए,ओखतीनै चाहिँदैन
ढिंडो,सिस्नु,खोले मीठो,मासुभातै खाइँदैन
तिम्रै बानी लागिसक्यो,नभए तलतल लाग्छ
तिमी संगै छैनौ भने सुन पनि पित्तल लाग्छ
कठै जिन्दगी
तिमी विना जिन्दगी
खै के जिन्दगी।
चुम्बकले ताने जस्तो,तिमीतिरै टाँसिदिन्छु
तिमी आयौ जिन्दगीमा,बाँचिदिन्छु,हाँसिदिन्छु
समतल ठाउँ पनि डरलाग्दो खाडल लाग्छ
तिमी संगै छैनौ भने सुन पनि पित्तल लाग्छ
कठै जिन्दगी
तिमी विना जिन्दगी
खै के जिन्दगी।
पर्फ्युम
रुपलाई नओइलिने कुसुम ठान्छन् केटाहरू
अथाह इनर्जी दिने बुमबुम ठान्छन् केटाहरू
आफ्नी प्रेमिकाको त गन्हाउने पादलाई पनि
मग-मग बसाउने पर्फ्युम ठान्छन् केटाहरू।
Sunday, 22 April 2018
बोकेदाह्री
पिरतीको मुहान नै सुक्छ मायालु
झगडाको निचोडमा पुग्छ मायालु
मायाले सुस्त-सुस्त सुम्सुम्याइदेउ
नसमाऊ बोकेदाह्री दुख्छ मायालु।
थाहै भएन
मनको प्लस माइनस जोडेको थाहै भएन
अनायासै छातीको भित्ता फोडेको थाहै भएन
उनी गए पश्चात् जोडले बिस्फोट भयो दिल
खतरनाक बम राखी छोडेको थाहै भएन।
Saturday, 21 April 2018
लाहुरेको
मुख ह्वास्स,भुँडी ठस्स,तोरी लाहुरेको
कस्दा-कस्दा हैरान भो डोरी लाहुरेको
रियाल,धिराम मात्र छ,डलर छैन भन्छु
तर पनि पछि लाग्छे, मोरी लाहुरेको।
छ्याङ
जब-जब शरीरमा छ्याङ लाग्छ
भोलिपल्ट सम्म पनि ह्याङ लाग्छ।
बैँश पनि एकखाले अनौठो नशा हो
सही कुरा पनि उट्पट्याङ लाग्छ।
ए राम्री तरुनीहरु!जोगिएर हिंड्नु
पिरतीको मीठो गोली ड्याङ लाग्छ।
बिहे भन्दा अगाडि मीठो लाग्ने बोली
बिहे गरेपछि ल्याङ-ल्याङ लाग्छ।
Friday, 20 April 2018
जिजीविषा
फूलको मृत्युपछि पनि प्रेमको जन्म हुने रहेछ।
निशा निर्जन/कुरुपको बाबजुद
प्राणी जगतले विश्राम पाउँछन्
समयसंगै सुरम्य उषाको उदय हुन्छ।
मट्टी,पत्थर,जल,बोट र फलामको
अघोर बलिदानीबाटै
निर्माण हुन्छ-सुन्दर गृह।
प्यारी भएरै आफ्नीलाई दराजमा सजाएर
पूजा गरेर राखेको भए
रहरलाग्दा भन्टाङ-भुन्टुङ कहाँ आउँथे?
हात,खुट्टा,आँखा,नाक,मुख
शरीरका अवयव हुन्
अवयवको अस्तित्व-शरीरको अस्तित्व हो
शुक्राणु/डिम्ब पनि अवयव हुन्
शुक्राणु/डिम्ब=भ्रुणको अस्तित्व
भ्रुणको अस्तित्व=नवजात शिशु
नवजात शिशु=बृद्ध शरीरको अस्तित्व।
मनुष्य मर्नु अघि धेरैपटक जन्मिन्छ।
मृत्यु शाश्वत सत्य हो,अन्तिम सत्य होइन।
एउटा भयावह चुनौती पेश गर्दै
देहावसान भैसकेको जिजीविषाले
कब्रिस्तानबाट जागेर
कोकोहोलो मच्चाउछ-उमंगको भित्ता उक्लेर।
जानेबेला
जानेबेला भएपनि आलटाल गर्दै बस्छ्यौ
पुराना ती सखीसंग अंकमाल गर्दै बस्छ्यौ।
कि लिनेले लिइदिनु,कि दिनेले फिर्ता लिनु
पचासको नोटलाई फालाफाल गर्दै बस्छ्यौ।
बरु नांगै खुट्टा हिंड,परेको मै बेहोरुँला
थोत्रो जुत्ता १० ठाउँ टालाटाल गर्दै बस्छ्यौ।
शहरमा पानीपुरी,चट्पटे सबै खाउली
बेकारमा सातुपिठो चालाचाल गर्दै बस्छ्यौ।
एकै गाँस जसले बढी खाए फरक पर्दैन
मुठ्ठी मकै यताउता हालाहाल गर्दै बस्छ्यौ।
Thursday, 19 April 2018
मल
हरेक पल लाई सुन्दर पल देख्नेछौ
झरनाको जस्तै स्वच्छ जल देख्नेछौ
फोहोर गिदी,आलु चस्मा,आँखा फेर
गोबरलाई लाभदायक मल देख्नेछौ।
Wednesday, 18 April 2018
मुन्टिन्छन्
घृणा गरी हुत्याउँदा लुपुक्क झुन्डिन्छन्
तथानाम गाली दिंदा खुरुक्क सुन्दिन्छन्
मैयाँहरुको चाला खै बुझ्नै गाह्रो अचेल
चोखो माया दिए अन्त सुटुक्क मुन्टिन्छन्।
Sunday, 15 April 2018
ए चरी
ए चरी!
अहंकारको गगनमा
बैशको पखेटा फिंजाएर
त्यसरी फुर्र-फुर्र नउड
पापी सिकारीले चलाएको
स्वार्थको वाण लागेर
ठहरै होलाउ।
रुपको दीपले जलेर
सौन्दर्यको खानीमा
कुनै साइकोले
एसिडको बम पड्काइदेला!
मानवताको मांस लुछिखाने चिलले
जिन्दगीको डिलमा आएर
जवानीको ओखरबोटमा बसी
कुदृष्टी लाइदेला
नाजायज हर्कत गरिदेला।
बरु मैले
मनको मझेरीमा
पिरतीको बिस्कुन सुकाएको छु
लिपिस्टिक लेपन गरिएको चुच्चोले
टप्प-टप्प टिपेर खाइदेउ।
नत्रभने
होसियार!
मायाको मट्याङ्ग्राले हानेर
मुटुको धरातलमा खसाइदिउँला!
Friday, 13 April 2018
माझीदाइ
माझीदाइले डुंगा चलाउँदैन
आकांक्षाको तालमा
जिन्दगी चलाउँछ
घरका सदस्यहरुको अक्सिजन खियाउँछ
दाल,भात र तरकारी पकाउँछ।
डुंगा उसको ज्यान हो
ज्यान नचले चुल्हो बल्दैन
अगेनामा बलेको आगोलाई
अभावको आँशुले निभाइदिन्छ
चल्लाहरु भोकै हुन्छन्।
ऊ निम्नवर्गहरुको प्रतिनिधि-पात्र हो
श्रमजीवीहरुको ज्वलन्त नमूना हो
उसको दिनचर्या
गरिबीको गतिलो दसी हो
जसलाई प्रमाणित गर्न
अरु कुनै दसी चाहिन्न।
मीठो सपनाको जाल हान्दा
जालभित्र साना-ठूला माछा पर्दैनन्
बच्चाहरुका कापी,कलम र पुस्तक पर्छन्
फिसको रकमले भरिन्छ।
उसंग ठूलो/नयाँ डुंगा छैन
सानो/पुरानो डुंगा छ
तर त्यसले नयाँ उमंग थपिदिन्छ।
बर्षौंदेखि चलाउँदा-चलाउँदा
डुंगा मक्किसकेको छ
प्वाल पर्न थालिसकेको छ
तर टालटुल गरेर काम चलाइएको छ
उसले डुब्न दिएको छैन
यदि डुबिहालेमा
धेरै जनाको भविष्य डुबानमा पर्नेछ।
अचेल हाम्रो देश पनि
प्वाल परेको डुंगा जस्तै भएको छ
कतिखेर डुब्छ-ठेगान छैन।
Tuesday, 10 April 2018
बोकाहरु
५ महिना गर्भमा बोकेर
प्रसवको पीडा झेलेर
मलाई यो धर्तीमा जन्माएको दिनदेखि
मैले देखिरहेको छैन-मेरो बाबालाई
मेरो बाबा कहाँ हुनुहुन्छ आमा?
चीरनिद्राबाट जागे जस्तै
धुमिल आँखा उघार्दा
जब पहिलो-प्रहर तिमीलाई देखें
मेरो मनमा हिम्मतको सागर उर्लेर आयो
तिम्रै ममताले उठ्न सिकायो
तङ्गृंदै-तङ्गृंदै हिंड्न सिकायो
स्नेहपूर्ण जिब्रोले चाट्दै-चाट्दै
थुतुनोले घचेट्दै फाँजोसम्म पुर्याएर
दूध चुस्न प्रेरित गर्यौ
किन्तु त्यही बखत
मैले मेरो बाबालाई गायब भएको पाएँ
कुन परिबन्दले छेक्यो उहाँलाई
मेरो आगमनको स्वागत गर्न?
रवि-किरणको न्यानो स्पर्श
तिम्रो मीठो चुम्बन
समीरको सुमधुर ध्वनि
दाजु-दिदीहरुको रमाइलो बातचीत
बस,यत्तिनै अनुभूत गर्न सकें मैले
बाबाको स्नेह पाउनै सकिन
उहाँको पदचाप समेत सुन्न सकिन
कुन दुनियाँमा के गर्दै हुनुहुन्थ्यो?
सखा-सखीहरुले प्रहार गर्ने बेला
दु:खका झरीहरु निर्ममतापूर्वक बर्सिंदा
कष्टका मेघले घेरो हाल्दा
खाल्डाखुल्डीहरुमा फस्दा
पत्थरहरुले पाइलामा अवरोध खडा गर्दा
ब्वाँसाले आफ्नो आहारा बनाउन खोज्दा
शत्रुहरुले गिद्धे-नजर लाउँदा
मलाई बचाउन
उर्जा दिन
प्रतिरोध गर्न
किन आउनुभएन?
अप्ठ्यारा परिस्थितीहरुमा
म्या-म्या गर्दै कति चिच्याएँ
आँखाबाट अश्रुधारा बगिनैरह्यो
मेरो क्रन्दन श्रवण गर्न
तिमी बाहेक कोही आएन।
आफ्नो जवानीको भारीलाई
बाख्राहरुको चौतारीमा बिसाएर
प्यास मेटाएर फरार हुने
कस्ता बैमानी बोकाहरु!
कस्ता स्वार्थी बोकाहरु!
भ्रूणलाई गर्भमा बोकेर
जिन्दगीका उकाली-ओरालीहरुमा
भीर र पाखाहरुमा
अक्कर गोरेटाहरुमा
जीवन-मरणको दोसाँधमा
बाख्राहरु अस्तित्वको लडाइँ लड्दा
बोकाहरु पर-बाख्राहरुलाई चुम्मा-चाटी गरिरहेका हुन्छन्।
के गर्भधारण गरेर छोडेपछि जिम्मेवारी पूरा हुन्छ?
जीवन-साथीको सुख-दु:खमा साथ दिनुपर्दैन?
सन्ततिको रेखदेख गर्नुपर्दैन?
बोकाहरुको चर्तिकला देखेपछि
मैले एउटा निर्णय गरें आमा!
जन्मपछि मृत्यु अवश्यम्भावी छ
दीर्घायु नभएपनि
म बोका नभई खसी हुन चाहन्छु
किनकि
म बहुविवाहको खुंखार बिरोधी हुँ
म बाख्राहरुलाई दु:ख दिन चाहन्न।
परन्तु आमा!
एउटा खेदको कुरा,
अचेल मान्छे-जातिमा पनि यस्तै प्रवृति हावी हुँदैछ
लोग्नेमान्छेहरु पनि बोका जस्तै हुन थालेका छन्
के तिनलाई खसी पार्न मिल्दैन?
Monday, 9 April 2018
नून
जति राम्रो देखिएपनि प्रकाश सापटी लिएर चम्किन्छ जून
बरु टाढै भए नि तारा आफ्नै प्रकाशले टिलपिल चम्केका हुन्
हेर्दा त सुन्दर देखिएला पक्कै सुन,महंगो पनि होला धेरै
सस्तै भएपनि नभई हुन्न धनीको पनि तरकारीमा नून।
बेरोजगार-९
निर्मला
हँसिया बोकी,देखाई डर,चुटाइ दिनेछु
दुश्मन सामू परेमा आँखा फुटाइदिनेछु
नसोछे हुन्छ,इज्जत मैले,लुटाइदिनेछु
बलात्कारीको यौनांगलाई टुटाइदिनेछु।
रामे
स्याबास नानू,चाहेको यस्तै आँटिली छोरी हो
अहिलेदेखि अनावश्यक चिन्तन छोडियो
खाइरहनु मसिनो मीठो पौष्टिक आहारा
भैदिनुपर्छ सदैब प्यारी,आमाको सहारा।
निर्मला
लिएको शिक्षा व्यवहारमा जरुर उतार्छु
नभए पनि हजुर घर,जिन्दगी सपार्छु
उज्यालो पार्छु झुपडी पनि,यति छ ल्याकत
आएर घर,निरीह ठान्ने,कसको तागत?
रामे
निर्मला संगै हुनेछिन् सानी,ढुक्कले बस ल
चाहिए केही,गएर लिनु,श्यामेको पसल
नभए पैसा,उधारो पनि दिनेछ खुशीले
भनेर राख्छु,सम्पूर्ण कुरा,प्रस्थान पहिले।
सानी
बाध्यता बिना,पसल गई,उधारो लिन्न म
नगद पैसा बोकेर जान्छु,सामान किन्न म
उधारो लिंदा महंगो पर्छ,लेख्नेछ बढीनै
सित्तैमा दिए जत्तिकै गर्छन्,किच्किचे अतिनै।
रामे
पठाइदिन्छु,महिना मर्दा,तलब थापेर
महिनाभरी मलाई पुग्ने बचत राखेर
गईन्छ होला,मिजारबाट,लिएर ब्याजमा
घटाउ कर्जा,चाहिने जति,राखेर साथमा।
सानी
नलिउँ होला,मिजारबाट,बेकार झुकेर
हैरान पार्छ,वचन लाई,कुत्ताझैं भुकेर
शरण पर्न हुन्न है राजा,कहिल्यै चुकेर
नसके तिर्न,बेलामा कतै,गर्जिन्छ थुकेर।
रामे
उपाय छैन,विकल्प छैन,कसरी जुटाउँ
निस्किने हैन,भनेको बेला,खप्पर फुटाउँ?
साथमा भए,तनाब किन,लिनु पो पर्थ्यो नि
जसरी पनि परेको खाँचो मज्जाले टर्थ्यो नि।
सानी
गलाको सिक्री बेचेर पनि जमाउन सकिन्छ
गएपछि त, हरेक मास,कमाउन सकिन्छ
सुन त फेरि कमाएपछि किनुँला क्या राजा
होइन भने नराम्रोसंग बज्नेछ क्या बाजा।
रामे
हालत जस्तो,आएर पनि,बेचिन्न सिक्री त
कसरी किन्न सकिन्छ फेरि,लाग्दैछ फिक्री त
त्यसैले सानी,लाएको सिक्री,गरिन्न बिक्री त
लिएर ऋण,सहुँला बरु,पचास डिग्री त।
सानी
बेलैमा ऋण,नसके तिर्न,घरमा बोलाई
झपार्ने होला,साहुले कतै,वचन चलाई
ठूलेले ऋण,नसक्दा तिर्न,भोग्याथ्यो श्रीमती
ऋणको बद्ला,अस्मिता लुट्दा,भएथ्यो दुर्गति।
रामे
पहिले जस्तो जमाना छैन,समय फेरियो
शोषकहरु सुध्रिदै गाको अवस्था देखियो
गर्नेछु कुरा,राखेर शर्त,लिनेछु लिए नि
होइन भने लिईन्न क्यारे,सित्तैमा दिए नि।
सानी
धनको धाक लाएर अझै,किन्दछन् इज्जत
धनैले राख्न,खोज्दछन् सारा,मुट्ठीमा जगत
हत्यारा छिट्टै निस्किन्छ पैसा धरौटी राखेर
ती बलात्कारी बजार घुम्छन् निर्धक्क हाँसेर।
रामे
मारेर मान्छे,बलात गरी,काँ सुख पाइन्छ
नपाए न्याय,पीडित भए,लिंग नै काटिन्छ
हुनुपर्ने हो राक्षसलाई फाँसीको सजाय
पैसाको आड लिएर कतै तागत लगाए।
सानी
निरीहलाई कानून लाग्छ,स्वतन्त्र अमीर
देखेर धन,वकिल पनि बिक्ने हो आखिर
मुद्दामा झूटो,गरीब मान्छे सड्दछन् जेलमा
न्यायधीश् पनि,हार्दछ यहाँ,न्यायको खेलमा।
रामे
आत्मको रक्षा,गर्नको लागि,खुकुरी चलाउ
सकिन्छ जति,लडाइँ लड,पाखुरी चलाउ
लिएर बस्ने होइन अब आँखामा तलाउ
पापीको तुरी काटेर अब आगोमा जलाउ।
सानी
रक्षाको लागि मारिए कोही,हत्यारा भन्नेछन्
समाज उठी,बिरुद्ध मेरो,खोइरो खन्नेछन्
जसरी पनि हुँदैन सुख,हुँदैन सहज
अचम्म लाग्छ,जायज केहो,केहो नाजायज।
रामे
लडिरहनु पर्दछ सानी,विकृति विरुद्ध
हुँदैन जाती,शालिन बसी,भएर जो बुद्ध
फाइदा छैन,पिशाचलाई,देखाई मानवता
मनुष्यलाई होइन मार्ने,मार्ने हो दानवता।
सानी
पिपासुलाई जरुरी देख्छु,सवक सिकाउन
होइन भने,सक्दैनन् नारी,ढुक्कले निंदाउन
गरिन्छ शुरु,लागेको खिया,खुकुरी उध्याउन
लागिपरेमा यौनपिपासु,लागिन्छ सिध्याउन।
रामे
साहस देखी,लागिन्छ अब,निर्धक्क बिदेश
नलिई भय,मनमा कत्ति,नखाई हरेश
जानुनैपर्छ मायालुलाई एकल पारेर
जितेर फिर्छु,मरणलाई,होइन हारेर।
सानी
स्वामीकै मर्जी,सम्झाए पनि,सकिन सम्झाउन
नमान्नेलाई जेगरे पनि,सकिन्न मनाउन
मार्गमा मेरो,हिंडाउनलाई,अत्यन्तै भो गाह्रो
प्याराको खुशी,सानीको खुशी,बन्दिन तगारो।
रामे
समझदारी श्रीमती पाई खुशी छु अधिक
खुशीमा मेरो,पियारी पनि,भैदिनु सरिक
भए नि टाढा,हुनेछौ तिमी,मुटुको नजिक
भोलिदेखिनै हुनेछ रामे यात्राको पथिक।
सानी
बहन्छ होला हृदय भरी पीडाको सिरेटो
कल्पेरै बस्ने,होला नि प्यारा,हेरेर गोरेटो
रहला बाँझो,नसक्दा खन्न,खेत र बारी त
रहला शान्त,सन्नाटा छाई,वारि र पारी त।
रामे
साइनो गाँस्नु बतास संग,खुलेर सुसेल्नु
पुर्याउँछ हानी,काँडाले सानी,जिस्केर नखेल्नु
तिमीले स्पर्श गरेको हावा,अरब आउँला
मायालु सम्झी,मुट्ठीमा कसी,चुम्बन खाउँला।
सानी
बादलु लाई फुकेर कान,सन्देश पठाउँछु
काममा व्यस्त रहँदा पनि यादले सताउँछु
अभाव हुन नदिन मेरो,छोएर सागर
प्रशस्त माया,पठाइदिन्छु,बगाई रहर।
रामे
हुनेछ सास,रामेको पनि,तिमीले फेर्दिंदा
हुनेछ माया,प्रशस्त त्यहाँ,बादल भेटिंदा
हुनेछ याद,समिप सदा,तिमीले सम्झिंदा
अकेली हुन्नौ,साथमा हुन्छु,मनले कल्पिंदा।
सानी
बल्झिंदा घाउ,मलाई बिर्सी,मलम लगाउनु
हमेसा स्वास्थ रहन मुटु,यथेष्ट सघाउनु
मायाको रोग लागिहालेमा,पाइन्न औषधि
फर्किनु होला,औषधि लिन,चाहिन्न सम्पत्ति।
रामे
सम्झना मीठो,हुनेछ उर्जा,सम्झेरै बाँच्नेछु
बितेको हाम्रो,कहानी सम्झी,हाँसेरै बाँच्नेछु
फोनमा बोल्दा,मिठास शब्द,अमृत हुनेछ
नभन तर दु:खको कुरो,मुटुमा छुनेछ।
सानी
भएको कुरा भनेरै छोड्छु,लुकाउनै सक्दिन
कसम राजा,हजुरलाई,झुक्याउनै सक्दिन
भ्रममा राखी,जिन्दगी लाई,कसरी बाँचु म
रुवाइकन,आँखाको नानी,कसरी हाँसु म?
रामे
अक्सर सबै बिषयबस्तु,भन्दिनु जाती हो
चाहिने बेला नभन्ने कुरा गम्भीर घाती हो
असल साथी मान्दछु म त श्रीमान श्रीमती
साथमा साथ,सकेमा दिन,चाहिन्न ओखती।
Sunday, 8 April 2018
ललिपप
स्वाधिनताको भोकलाई मत्थर पारी
आफू अनुकूल हिंडाउन
एउटा बृद्ध-बालकलाई
उसको समकक्षीले
थमाइदिएको छ-गुलियो ललीपप।
हर्षले गदगद हुँदै
मनको गगनमा फुर्र-फुर्र उड्दै
घर फर्किरहेको छ
ललिपप चुस्दै।
उसको मस्तिष्कमा
एजेन्डाको सेन्सर जोडेर
भुँडीमा चौरासी-व्यञ्जनको ब्याट्री भरेर
बनाइदिएको छ-रोवोर्ट।
पारी बसी-बसी आनन्दले
सखाले चलाइरहेछ-रिमोट।
यता देशलाई पखाला लागिसकेको छ।
Saturday, 7 April 2018
सिर्माङ
तोङ्बा,छ्याङ,आराक,सिर्माङ आफैंमा खराब चीज होइन।सदुपयोग र दुरुपयोग के गर्ने भन्नेमा निर्भर रहन्छ।जातले पाएरै हाम्रा पुर्खादेखी अहिलेसम्म पिउँदै आएका छौं।यी चीजहरु मादक पद्धार्थ अवस्य हुन्।नकारात्मक असर नभएको होइन,छ।तर लिमिटले पिउने हो भने मनोरञ्जनको साधन पनि हो।यी मादक पद्धार्थ लाई हामीले चटक्कै त्याग्न सक्ने अवस्था पनि छैन।संस्कृति र परम्परामा जोडिन आएको एउटा अवयब हो।घरेलु छ्याङ,आराक,सिर्माङ नखाने तर बिदेशी रक्सी र बियर खाने चलन बढिरहेको छ।घरेलु लाई बहिस्कार गर्ने तर बिदेशी रक्सीको नशामा लट्ठ भएर सुसंस्कृत समाजको निर्माण कुनै हालतमा हुनसक्दैन।यदि सकिन्छ भने कुनै पनि मादक पद्धार्थको सेवन नगरौं न।सकिन्छ भने जुनसुकै बेला,जहाँ पनि मादक पद्धार्थको सेवन नगरौं न।अनि बन्छ सुसस्कृत समाज।अरुबेला घरमा,भट्टीहरुमा पिएर हिंड्ने तर कुनै चाडबाडमा मनाह गरेर प्रगति हुने केही होइन।बालबच्चाहरुलाई संस्कार सिकाउने त घरमा हो नि।दैनिक रुपमा सिकाउने हो नि।बर्षको एक दिन सिकाएर हुने चीज पक्कै होइन।
अर्को कुरा,लागिसकेको बानी छुटाउन अपर्झट सम्भव पनि छैन।खाएको मुखले खान खोज्छ ।पिएको मुखले पिउन खोज्छ।नामले बुद्ध समाज भएपनि हामीले अहिलेसम्म सिर्माङ पिएरै मनाइरहेका छौ।के अहिलेसम्म हाम्रो बुद्धिमा बिर्को लागेकै हो त?अवश्य होइन।बल्ल बुद्धिको बिर्को खुलेको हो र?त्यो पनि होइन होला।एउटा उदाहरण-अहिलेसम्म धामीझाँक्रीलाई बिश्वास गर्दै आएका छौं नि।बिरामी हुँदा किन पहिले अस्पताल नगएर झारफुक गर्न जान्छौं?एकाइसौं शताब्दीमा झारफुक त अन्धबिश्वास हो नि।हामीलाई राम्ररी थाहा छ।तैपनि हामीले अन्धविश्वास गर्न छोडेका छैनौं भने यो त पिउने चीज भयो।हुन त पिएर को ठूलो भएको छ र?कसले प्रगति गरेको छ र?यस्तै प्रश्नहरु आउन सक्छन्।तर दुर्गति पनि भएको छैन होला।सिर्माङ भन्ने कुरा र घरमा पार्ने कुरा पनि त भएन।हुन त सिर्माङको सट्टा तोङ्बाको बिकल्प छ तर तोङ्बा-तोङ्बै हो,सिर्माङ सिर्माङ नै।सियोको काम फालीले नगरे जस्तै फालीको काम पनि सियोले गर्दैन।
सिर्माङ जस्तो कुरालाई लिएर बहस गर्नु पनि आवश्यक छैन वास्तवमा।यस बिषयमा बहस गर्नु भनेको दुर्घटना निम्त्याउनु मात्र हो।समाजलाई विभाजन गर्नु हो।गुट उपगुटमा विभक्त गर्नु हो।कसरी भन्नुहोला?दुर्घटनाका अनेक रुप र प्रकार हुन्छन्।भनिरहनु नपर्ला।
अर्को कुरा विकासका कामहरु गर्नलाई बर्षको एक दिन पिएको सिर्माङले कसरी छेक्ला र?शेर्पाहरुको सेब्रु र गीतसंगीतलाई कसरी अवरोध गर्ला र?नाच देखाउनेले देखाउँछन्।हेर्नेले हेरेर रम्छन्।गाउनेले गाउँछन्।बरु सकिन्छ भने शेर्पा गीतलाई मात्र प्रोत्साहित गरेर अरु गीतलाई बहिस्कार गरौं न ल्होसारको दिन।
एउटा कुरा।सिर्माङलाई बन्देज गरेर बार राख्न लाउने र किनेर खानेहरुले मनलागी किनेर पिउन सक्ने।यस्तो कुरा पनि कता कता सुन्नमा आएको अवस्था छ।यस्तो गर्नु त झन सरासर गलत कुरा हो।समाजलाई दुई किस्सामा बाँड्ने गम्भीर कदम हो यो।गोजीमा पैसा हुनेले सक्दो किनेर पिई तमास देखाउँछन्।जात्रा हैन अहम देखाउँछन्।ल्होसार नै सिमित पुजीपतिबर्गको जस्तो देखिनेछ।गोजी रित्तो हुनेको लागि त्यो भन्दा अपमानको बिषय अरु के हुनसक्ला?आफ्नो औकात देखाउने ठाउँको रुपमा चिनिनेछ ल्होसार।
अहिलेसम्म जसरी चलेको छ चल्न दिउँ।एउटा सिर्माङ जस्तो सानो कुराले गम्भीर समस्या नआएको देख्न पाउँ।जहाँसम्म सिर्माङ पार्ने पैसा बुद्ध समाजमा संकलन गर्ने कुरा छ,त्यसको लागि त अरु बिकल्प पनि छन् नि।ल्यावाहरुले मात्र उठाउने हैन,सबै सदस्यले उठाउँदा हुन्छ-जतिको दरले पनि।हाम्रा अग्रजहरुले जसरी बुद्ध समाजलाई यो स्थानसम्म ल्याइपुर्याए,त्यसैगरी हामीले यसलाई अगाडि बढाउन सक्नुपर्छ।विवाद खडा गरेर हैन,एकढिक्का भएर।सर्वसहमत ढंगले पाइला अगाडि बढाउनुपर्छ।
अन्तमा-सिर्माङ पिएर समाजमा बिकृती फैलिन्छ जस्तो मलाई लाग्दैन।यसको मतलब सिर्माङ पिएर के के नै प्रगति गर्न सकिन्छ पनि भन्न खोजिएको हैन।अहिलेको परिबेशमा रोङ्वाहरु भन्दा धेरै सजक भैसकेका छौं- यो पिउने मामिलामा।सिर्माङ आफैंमा गलत चीज होइन भनेर भनिसकेको छु।लिमिटमा पिए हानी पक्कै गर्दैन।अर्को एउटा प्रसंग जोड्न चाहें।यलुङको ल्होसारमा पनि जाँडरक्सी बन्देज गरेकै कारण ल्यावाको जिम्मेवारी कसैले लिन चाहेनन् भन्ने कुरा सुन्नमा आयो।यथार्थ चाहिँ थाहा भएन।मैले प्रसंग जोड्न खोजेको किन भने बानी परेको कुरामा परिमाण कम गर्न सकिएला तर त्याग्न सम्भव छैन।जेहोस यस्ता झिनामसिना कुराले समाज भाँड्ने काम नहोस्।
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...