हेमन्त गयो,शिशिर आयो,झरेर पातहरु
खोसियो दीप,अन्ततःरहे अँधेरी रातहरु।
हरियो थियो पालुवा जस्तै जिन्दगी कुनैदिन
बद्लिए सबै मौसम जस्तै विपना एकैछिन
छोडेर गए मरुभूमिमा थामेका हातहरु
खोसियो दीप,अन्तत रहे अँधेरी रातहरु।
पुरिए सबै भग्नावशेष ,भेट्टिए निराशा
मोडियो बाटो,दुखायो मन,तोडियो भरोसा
नजर आउँछ हमेसा सामू ,गरेका घातहरु
खोसियो दीप,अन्तत रहे अँधेरी रातहरु।
No comments:
Post a Comment