ए चरी!
अहंकारको गगनमा
बैशको पखेटा फिंजाएर
त्यसरी फुर्र-फुर्र नउड
पापी सिकारीले चलाएको
स्वार्थको वाण लागेर
ठहरै होलाउ।
रुपको दीपले जलेर
सौन्दर्यको खानीमा
कुनै साइकोले
एसिडको बम पड्काइदेला!
मानवताको मांस लुछिखाने चिलले
जिन्दगीको डिलमा आएर
जवानीको ओखरबोटमा बसी
कुदृष्टी लाइदेला
नाजायज हर्कत गरिदेला।
बरु मैले
मनको मझेरीमा
पिरतीको बिस्कुन सुकाएको छु
लिपिस्टिक लेपन गरिएको चुच्चोले
टप्प-टप्प टिपेर खाइदेउ।
नत्रभने
होसियार!
मायाको मट्याङ्ग्राले हानेर
मुटुको धरातलमा खसाइदिउँला!
No comments:
Post a Comment