Tuesday, 24 April 2018

हिमालको हावा

हिमालको हावा सरी तिम्रो सास शित्तल लाग्छ
तिमी संगै छैनौ भने सुन पनि पित्तल लाग्छ
कठै जिन्दगी
तिमी विना जिन्दगी
खै के जिन्दगी।

एक अँजुली माया पाए,ओखतीनै चाहिँदैन
ढिंडो,सिस्नु,खोले मीठो,मासुभातै खाइँदैन
तिम्रै बानी लागिसक्यो,नभए तलतल लाग्छ
तिमी संगै छैनौ भने सुन पनि पित्तल लाग्छ
कठै जिन्दगी
तिमी विना जिन्दगी
खै के जिन्दगी।

चुम्बकले ताने जस्तो,तिमीतिरै टाँसिदिन्छु
तिमी आयौ जिन्दगीमा,बाँचिदिन्छु,हाँसिदिन्छु
समतल ठाउँ पनि डरलाग्दो खाडल लाग्छ
तिमी संगै छैनौ भने सुन पनि पित्तल लाग्छ
कठै जिन्दगी
तिमी विना जिन्दगी
खै के जिन्दगी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...