मैले लेखें
के लेखें थाहा छैन
कहिले कथा जस्तो लेखें
कहिले ब्यथा जस्तो लेखें
कहिले निबन्ध जस्तो लेखें
भनिदिएँ-कविता।
कतै व्यंग्य जस्तो
कतै चुट्किला जस्तो
कतै दु:ख जस्तो
कतै सुख जस्तो
भनिदिएँ-कविता।
अलि-अलि गीत जस्तो पनि
अलि-अलि प्रीत जस्तो पनि
अलि-अलि कर्कलाको पानी जस्तो
अलि-अलि मान्छेको जिन्दगानी जस्तो
भनिदिएँ-कविता।
जे जति लेखें-भावना लेखें
देखे,भोगेका भोगाइ लेखें
हाँसो,रोदन लेखें
मिलन-बिछोड लेखें
कल्पनाको सागरमा डुबेर लेखें
भए-गरेका वास्तविकता लेखें
भनिदिएँ-कविता।
म जे लेख्छु,
त्यसलाई जे नाम दिन्छु
त्यो अधिकार ममा निहित छ
मेरो कवितालाई अकविता भन
मलाई स्वीकार छ
ए कविताका ठेकेदार हो!
तैं होस महाकवि!
तर मलाई अकवि उपनाम नदेउ
न म कवि हुँ
न त अकवि नै
मेरो न्वारान गर्ने तँ को होस?
पण्डित होस?
अयोग्य छापामारहरुले
सिकाउनुपर्दैन-युद्धकला
तँ अयोग्य हुनुमा तेरै हात छ
सायद तैंले अरुलाई अयोग्य देख्ने धृष्टता गरेको हुनुपर्छ
सायद तैंले शत्रुलाई कमजोर ठान्दा
शत्रुको प्रहार चाखेको हुनुपर्छ।
तँ आतंककारी कवि होस
तँ हत्यारा कवि होस
तँ लुटेरा कवि होस
तँ हरामी कवि होस
तँ च्युतिया कवि होस
तँ भिखारी कवि होस
तँ गान्डु कवि होस।
शब्दहरुलाई:-
झीर जस्तो तीखो बनाएर
तेरो आँखा फुटाउनुछ
गोली जस्तो बनाएर
तेरो शीर उडाउनुछ
तरवार जस्तो धारिलो बनाएर
दिमागलाई टुक्रा-टुक्रा पार्नुछ
सियो जस्तो तीखो पारेर
तेरो मुख सिलाउनुछ
त्यतिखेर अरुलाई कमजोर ठान्ने
तेरो खोपडीमा गिदी हुनेछैन
त्यतिखेर अरुलाई अकवि देख्ने
तेरा आँखा हुनेछैनन्
अरुलाई अयोग्य भन्ने
थुतुनो हुनेछैन
तेरो कुनै अस्तित्व हुनेछैन
तँ सकिस्!!!
ए राँको बाल्ने रातको मान्छे
तँ आफैं निभिस्!
No comments:
Post a Comment