Tuesday, 3 April 2018

अचेलका मान्छे

खास कुरा के हेरिन्छ,अचेलका मान्छेमा
खोजेको कहाँ भेटिन्छ,अचेलका मान्छेमा।

जसरी कुकुर लाई हड्डी फ्याँकिन्छ नि
त्यसरी आशा फ्याँकिन्छ,अचेलका मान्छेमा।

नव-निर्मित औषधि भ्यागुतामा जसरी
प्रयोग गर्न भ्याईन्छ,अचेलका मान्छेमा।

अमृत ओकल्छु भनेर कसले पत्याउँछ
बिष छर्ने नै बाँचिन्छ,अचेलका मान्छेमा।

यस्तै उग्र,आलोचित हुँदै जाने हो भने
नैतिकता नै सिद्धिन्छ,अचेलका मान्छेमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...