Sunday, 8 April 2018

ललिपप

स्वाधिनताको भोकलाई मत्थर पारी
आफू अनुकूल हिंडाउन
एउटा बृद्ध-बालकलाई
उसको समकक्षीले
थमाइदिएको छ-गुलियो ललीपप।

हर्षले गदगद हुँदै
मनको गगनमा फुर्र-फुर्र उड्दै
घर फर्किरहेको छ
ललिपप चुस्दै।

उसको मस्तिष्कमा
एजेन्डाको सेन्सर जोडेर
भुँडीमा चौरासी-व्यञ्जनको ब्याट्री भरेर
बनाइदिएको छ-रोवोर्ट।

पारी बसी-बसी आनन्दले
सखाले चलाइरहेछ-रिमोट।

यता देशलाई पखाला लागिसकेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...