Friday, 20 April 2018

जानेबेला

जानेबेला भएपनि आलटाल गर्दै बस्छ्यौ
पुराना ती सखीसंग अंकमाल गर्दै बस्छ्यौ।

कि लिनेले लिइदिनु,कि दिनेले फिर्ता लिनु
पचासको नोटलाई फालाफाल गर्दै बस्छ्यौ।

बरु नांगै खुट्टा हिंड,परेको मै बेहोरुँला
थोत्रो जुत्ता १० ठाउँ टालाटाल गर्दै बस्छ्यौ।

शहरमा पानीपुरी,चट्पटे सबै खाउली
बेकारमा सातुपिठो चालाचाल गर्दै बस्छ्यौ।

एकै गाँस जसले बढी खाए फरक पर्दैन
मुठ्ठी मकै यताउता हालाहाल गर्दै बस्छ्यौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...