फूलको मृत्युपछि पनि प्रेमको जन्म हुने रहेछ।
निशा निर्जन/कुरुपको बाबजुद
प्राणी जगतले विश्राम पाउँछन्
समयसंगै सुरम्य उषाको उदय हुन्छ।
मट्टी,पत्थर,जल,बोट र फलामको
अघोर बलिदानीबाटै
निर्माण हुन्छ-सुन्दर गृह।
प्यारी भएरै आफ्नीलाई दराजमा सजाएर
पूजा गरेर राखेको भए
रहरलाग्दा भन्टाङ-भुन्टुङ कहाँ आउँथे?
हात,खुट्टा,आँखा,नाक,मुख
शरीरका अवयव हुन्
अवयवको अस्तित्व-शरीरको अस्तित्व हो
शुक्राणु/डिम्ब पनि अवयव हुन्
शुक्राणु/डिम्ब=भ्रुणको अस्तित्व
भ्रुणको अस्तित्व=नवजात शिशु
नवजात शिशु=बृद्ध शरीरको अस्तित्व।
मनुष्य मर्नु अघि धेरैपटक जन्मिन्छ।
मृत्यु शाश्वत सत्य हो,अन्तिम सत्य होइन।
एउटा भयावह चुनौती पेश गर्दै
देहावसान भैसकेको जिजीविषाले
कब्रिस्तानबाट जागेर
कोकोहोलो मच्चाउछ-उमंगको भित्ता उक्लेर।
No comments:
Post a Comment