गौरी त शंकर टललल
तामाकोशी बग्छ सलल
कान्छीको मुस्कान देखेर
औंसी नि हुन्छ झलल
दोल्खाको भीमसेन भाकौंला
चोखो पिरती गाँसौंला।
अप्सरा तिमी पाए त
जिन्दगी बित्छ हाँसोमा
हितैको माया नपाए
झुन्डिन्छु होला पासोमा
मुटु र मुटु साटौंला
यो जूनी संगै काटौंला।
चरिकोटको बजारमा
खोलेर बसौं पसल
म दु:ख दिन्न तिमीलाई
श्रीमान हुन्छु असल।
जिन्दगी भरी हाँसौंला
मायाको ईतिहास रचौंला।
तिमीले सुर्ता नगर
गर्छु खासाको व्यापार
बरु रितियोस यो मुटु
दिनेछु माया अपार।
हातमा हात गाँसौंला
मिलेर हामी बसौंला।
No comments:
Post a Comment