चाहे शत्रु हुन सक्छ,आफन्त हुन सक्छ
सत्य र असत्य बिच भिडन्त हुन सक्छ।
जिन्दगीको ऋतु सधैं बदली नै रहन्छ
उजाड त्यो शिशिरपछि वसन्त हुन सक्छ।
दु:खी आत्म लिई मान्छे सुख खोजीरहन्छन्
आफ्नै मन भित्र खोजे अनन्त हुन सक्छ।
सुई हानी शिथिल भई लडेका छन् झाडीमा
यो जिन्दगी मात्र क्षणिक आनन्द हुन सक्छ
बाहिरी रुप हेरेर मान्छे चिन्न गार्हो छ
हातीको देखाउने मात्र दन्त हुन सक्छ।
No comments:
Post a Comment