Monday, 4 April 2016

पत्थर

भक्त बिना मूर्ति पनि पत्थर हुने रैछ
कस्लाई के भन्ने हाम्रो नजर हुने रैछ।

केही हुन्न दुस्मनले गाली गरे पनि
आफन्तले वचन लाए असर हुने रैछ।

जिन्दगीको यात्रा गर्दा उकाली,ओराली
आँखा जुधे आनन्दको सफर हुने रैछ।

आज सम्म यति जाने, छोराको जिन्दगी
जहाँ गए नी ठक्करै ठक्कर हुने रैछ।

पढी,लेखी छैन काम हाम्रो नेपालमा
धेरै युवा हरु लक्खर लक्खर हुने रैछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...