ठोस थियो तिम्रो मुटु आज तरल भयो
तिम्रो माया पाए पछि जीवन सरल भयो।
सपार्ने र बिगार्ने त माया नै रहेछ
धेरै खराब थियो केटो अब असल भयो।
एक्लो ज्यान जिउन लाई धेरै गार्हो हुन्छ
त्यसैले त सिंगल बाट ठ्याक्कै डबल भयो।
धेरै आए खुट्टा तान्न हाम्रो जोडी देखि
दुस्मनको बाधा तोडी नाता सफल भयो।
हामी संग महल-गाडी के भो नभएर
हाम्रो माझ छुट्टै खाल्को सुख सयल भयो।
No comments:
Post a Comment