कृष्ण बाट किन टाढा भयो राधिका नै
बोलाउदा पनि भव्य महल द्वारिका नै।
साथी संगै बसेको छ शरणमा परी
पोको पारेर सम्पती भागे साथिका नै।
औसी जस्तै अध्यारोमा राखे प्रेमीकाले
कसरी थाहा पाउनु र दृश्य रातिका नै।
हत्या,हिंसा,बलात्कार यति बढेको छ
पैदा हुनु पर्छ अब यहाँ कालिका नै।
अंग प्रदर्शन गर्न माहिर देखिन्छन्
समाज लाई डोर्याउने हाम्रा नायिका नै।
No comments:
Post a Comment