Sunday, 3 April 2016

परेलीमा

झिम्झिम गर्ने आँखाको परेलीमा राख
फुल जस्ती राम्री छ्यौ,तरेलीमा राख।

पुर्णिमाको जून झैं झलमल तिमी
अन्धकार हुँदा म जुनेलीमा राख।

मीठो गीत गाएकी सुसेलेर संगै
संगीत झै सुरिलो सुसेलीमा राख।

पोख्नुछ तिम्रो सामू गुम्सिएका कुरा
भेट्छु म तिमी लाई अकेलीमा राख।

कालरात्री सिध्याउने बिहानी हौ तिमी
हसिलो मुहारको उजेलीमा राख।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...