Wednesday, 6 April 2016

गजल लेख्दा

गजल लेख्न खोज्दा मुक्तक बनी दियो
गरीब साहित्यको सुचक बनी दियो।

भाग्न खोजे कति दु:ख बाट टाढा
दु:ख जिन्दगीको पुरक बनी दियो।

सशक्त आकर्षण रहेछ मुहारमा
मुस्कान शक्तिशाली चुम्बक बनी दियो।

स्वतन्त्र भईन्छ लेखक भए पछि
बूढो मान्छे सिधै युवक बनी दियो।

नलेखिएका कति कथा-व्यथा छन्
जिन्दगी आफैमा पुस्तक बनी दियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...