बार्ह बर्ष रामायण पढी सीता कस्की जोई भन्छ
कति सम्म गिर्छ मान्छे झुटो बोल्दा गीता छोई भन्छ।
संगै हुँदा यति सम्म हेला गर्छ आफ्नो मान्छे लाई
मनै मरी छोडी हिन्दा नजाउ न बिन्ती रोई भन्छ
राती आई हत्या गर्छ आफैं तीखो छुरा रोपी रोपी
बिहान आएर सोध्छ उहीँ,तिम्रो बाबा खोइ भन्छ।
मान्छे एउटै हो तर उस्को नाम किन यति धेरै
गधा,कुकुर भन्छ कोई,खाते,भाते,साले कोई भन्छ।
उस्को मन जमेको छ फोहोरै फोहोरको डङ्गुरले
सफा,चटक्कै परेको,स्वच्छ छु म,मुख धोई भन्छ।
No comments:
Post a Comment