आँसु मात्र दिई गयौ मेरो हासो फिर्ता देउ
तिमी संग राख्दिन भो मेरो नासो फिर्तादेउ।
बिन्ती गरे नजाउ भनी,कति दु:ख ब्यक्तगरे
कहाँ सुन्न्नु निस्ठुरीले,त्यो गुनासो फिर्तादेउ।
झुन्डिएर मर्छु भनी धेरै चोटि घुर्की लायौ
खुरुक्क यता थमायौ,भन्दा पासो फिर्तादेउ।
एकोहोरो भएको छु,अन्त कतै छैन ध्यान
पैले जस्तै खोजी गर्ने उहीँ चासो फिर्तादेउ।
No comments:
Post a Comment