कल-कल बग्ने नदी बगर हुन थाल्यो
नौनी थियो तिम्रो मुटु पत्थर हुन थाल्यो।
दु:ख -सुख बाडी चुडी गाउघरै बस्यौं
समय संगै चाहना शहर हुन थाल्यो।
दिन भरी साथी संग यता उता घुम्छु
साझ परे पछि तिम्रो असर हुन थाल्यो।
गाउँ छोडी हिडेको छु आज मैले पनि
उदेश्य बिनाको खल्लो सफर हुन थाल्यो।
पागल भए क्यारे म त भौतारिदै हिन्दा
सबैको म दु:खी तिरै नजर हुन थाल्यो।
No comments:
Post a Comment