मुक्तक-१
साहित्यले आँखा देखाउनु पर्छ
पीडितको घाउ सेकाउनु पर्छ
साहित्य सशक्त हुनुपर्छ ता की
अपाङ्गको खुट्टा टेकाउनु पर्छ।
मुक्तक-२
लेखकले यथार्थपरक लेख्नु पर्छ
लेख्नु पर्छ,सृजनात्मक लेख्नु पर्छ
जस्तोसुकै बाधा-अड्चन आएपनि
साहसी भएर अथक लेख्नु पर्छ।
मुक्तक-३
दुनियाँमा यस्तो छुरा सर्जक होस
लाखौं,करोडौंको स्रोता,दर्शक होस
चौका,छक्का हान्दै कलमको ब्याटले
साहित्यमा यस्तो कैयौं शतक होस।
(माङ दोर्जे शेर्पा
माली-३,दोलखा
हाल:दुबई,यु ए ई)
No comments:
Post a Comment