रीस,डाहा सबै सुताएको राम्रो
उमंग र जोश उठाएको राम्रो।
पछाडि फर्केको शोभा मानिदैन
नजरमा नजर जुधाएको राम्रो।
मागेर,चोरेर इज्जत फाल्नु भन्दा
मिहिनेतले गिटी फुटाएको राम्रो।
गोप्य पोका खोले सम्बन्ध बिग्रन्छ
नैतिकताको चुरो लुकाएको राम्रो।
बेकारमा दुस्मनी मोलेर के गर्नु
करोडौं जनाले रुचाएको राम्रो।
No comments:
Post a Comment