Friday, 1 April 2016

जात्रामा

बर्सै दिनको जात्रामा
पुरानो दौतरी भेटियो
बितेको क्षण सम्झेर
कलेजी मुटु रेटियो।
कहाँ थियौ यतिका दिन
सन्झेनौ क्यारे एकै छिन।

समयको अभावले
तिमीलाई भेट्न पाएन
तिमी लाई फोन गरेको थें
पटक्कै लाग्दै लागेन।
पढ्न लाई यु के गाको थें
संझेर बेहाल भाको थें।

मैले त तिम्रो यादमा
कति आँसु झारेको थें
धेरै दिन नभेटिदा
मैले आशै मारेको थें
भेट भयो आज मौकाले
गाएर नाचौं मज्जाले।

हाम्रो लामो बिछोडमा
तड्पेर रक्सी पियौ कि
पछि त मलाई बिर्सेर
त्यो दिल अन्तै दियौ कि।
जोड्ने पो हो कि घरबार
के छ नि कान्छाको बिचार।

मुटुको खाली पानामा
तिम्रै नाम लेखेको छु
संगै जीवन बिताउने
सपना मैले देखेको छु।
यहीबाट मिली जाउँ कि
घरमा माग्न आउँ कि।

मेरो बाबा आमा लाई
बिहेको कुरा राख्नेछु
केही गरि राजी नभए
म तिमी संगै भाग्नेछु।
जाउ अब आफ्नै घर
अहिले हतार नगर।

दशै तिहारको जुवामा
छक्का,चौका दाउ खाली
माया गरेको कान्छी लाई
झ्याई पार्ने हो यसपाली।
आउँछु जन्ती लिएर
जोडतोड पार्टी दिएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...