नक्कली त्यो डाक्टरको सिकार भएकोछ
उपचारै नगर्ने यो बिचार भएको छ।
अधिकार माग्दा खेरी नपाएको कारण
गुहार माग्ने ठाउँ उस्को बिहार भएको छ।
जाति,धर्म,साम्प्रदायिक किटाणु फैलिदा
देश आज नराम्ररी बिमार भएको छ।
रास्ट्रप्रेमी युवा हरु यस्ता भएका छन्
नागरिकता भन्दा प्यारो पि आर भएकोछ।
टुङ्ना,डम्फू,मादल र सारङ्गी बिर्सेर
सबैको ढुक्ढुकी ड्रम र गितार भएको छ।
कोही भने बाध्यताले खाडी आएका छन्
दशै-तिहारमा खाली निधार भएको छ।
No comments:
Post a Comment