जतासुकै काडै काडा टेक्ने जमीन भएन
मर्ने-बाच्ने दोधारैमा, कुनै यकीन भएन।
साइत बिग्र्यो भनेर हिन्छ्यौ रे त तर्केर
तिम्रो लागि सोझो केटो किन लछीन भएन।
सधैं खुशी लेखेको छ निस्ठुरीको भागमा
मैले अन्तिम सास लिदा मुख मलीन भएन।
धेरै पल्ट मरेको छु तिरस्कार सहेर
फेरि पनि मर्न लाई केही कठीन भएन।
ईच्छा थियो तिमी लाई बेहुली बनाउने
मेरो हातले सिउदो तिम्रो रंगीन भएन।
No comments:
Post a Comment