Thursday, 31 March 2016

सजाय

अज्ञानी छु भगवान बरु सजाय दे
दु:ख बाट मुक्त हुने कुनै उपाय दे।

सबै तिर अस्तब्यस्त,काम ढिला-सुस्त
हे सरकार काम हुने अब निकाय दे।

खोक्रो बोली सुनेर त कानै पाकिसक्यो
के के गर्ने जनताले आ-आफ्नो राय दे।

धोकेबाज नेता लाई घोक्रेठ्याक लाऔ
कुरा सही हो कि हैन लौ मनासाय दे।

घुस लिने दिने लाई भण्डाफोर गरी
राम्रो काम गर्ने लाई नै हाय हाय दे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...