Saturday, 5 May 2018

निर्जीव जीवनसाथी

न त खाना दिनुपर्ने
न त नाना दिनुपर्ने
एकपल्ट लगानी गरेपछि
निर्वाध भोग्न सकिने।

युगले चमत्कार गरिसकेको छ-
एकैपटक
निर्जीव बस्तुमा सास भरेर
सजीव प्राणीमा आश भरेर।

आहा कति सहज सारथी!
जतिबेला जहाँपनि संगै लान सकिने
न त भाडा लाग्ने तनाव
न ठाउँ ओगट्ने झन्झट!
भरपर्दो जीवनसाथी।

रिसाउँला भन्ने डर छैन
माया दिइरहनु पनि पर्दैन
तर उसले सन्तुष्टि दिइरहन्छ
निस्वार्थ
अनवरत
बिना थकान।

हरेकपल्ट उस्तै पुंसत्व प्रदर्शन गरिरहन्छ
शीघ्र स्खलनको चिन्ता हुन्न
उस्तै तृप्त बनाइदिन्छ
बिना डाइट
बिना योङ्गाङ।

हराएपनि नो टेन्सन
आफू अनुकुल
साइज-साइजको खरिद गर्न सकिन्छ।

एउटा निर्जीव खेलौनाको प्रेमले
विपरीत लिंगीलाई विकर्षित गराउँछ
मानवताको विनाश गर्छ
अर्गानिक प्रेमको हत्या गरी
अर्च्युअल प्रेम जन्माउँछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...