Tuesday, 8 May 2018

कंसकुमारको बर्थडे

मिति:१२ मार्च,५००१
स्थान:राजधानीको आकाश
समय:रातको १२ बजे।

(ह्याप्पी बर्थडे टु यु)२
ह्याप्पी बर्थडे टु ..डियर कंसकुमार!
तालीको गड्गडाहट
करोडौं पर्ने महंगो केक
मानवरक्तले रंगिएको
ठाउँ-ठाउँमा औंलाहरु गढिएका
केक काट्ने कार्य सम्पन्न
जिब्रो पड्काई-पड्काई केक खाँदै।

गिफ्ट आदानप्रदान
"मेरो तर्फबाट स्काइक्रुजर"
"मेरो तर्फबाट माइक्रोकाप्टर"
"मेरो तर्फबाट मानवीय-दन्त-हार"
हर्षले कंसकुमारको खुट्टा आकाशमा छैन
हार्दिकतापूर्वक गिफ्ट स्वीकार्छन्
मुहारमा कुटिल मुस्कान पोतिन्छ।

खानपिन कार्यक्रम शुरु
चौरासी-व्यञ्जन सजिएका छन्
जंगलबाट सिकार गरी ल्याइएका
मान्छेको मासु-फ्राई बिशेष परिकार हुन्छ
सबैले एक-एक पिस मात्र पाउँछन्
Man-flavoured wine पिउँछन्
अहिलेसम्मकै भव्य पार्टी।

कोही गीत-संगीतमा झुम्मिएर नाच्दै
कोही बरण्डामा निस्केर स्विमिङ पुलतिर- नजर लाएर मनोरञ्जन लिँदै
बच्चाहरु स्मार्ट-साइकल चलाउँदैछन्।

केही शिक्षित भूतहरु नशाले टिल्ल भएर
अन्तर्कृया/बहस गरिरहेका छन्
"अंकल!भूतलाई किन सर्वश्रेष्ठ प्राणी भनिएको?"
"सबैभन्दा सचेत भएकाले।"
"अनि भूतको उत्पत्ति कसरी भएको?"
"मान्छेबाट विकसित भएर।"
"अझै फाट्टफुट्ट मान्छे छन्,नि!"
"उनीहरू लोपोन्मुख प्राणी हुन्।"
"किन लोप हुँदैछन्?"
"समयानुकूल परिवर्तन हुन नसकेर।
जसरी डाइनोसर लोप भए।"
"के हाम्रा पूर्खा मान्छे हुन्?"
"अवश्य।सोझाहरु मान्छे रहे।बाठाहरु भूत भए।"

टहटह जूनको स्पर्शले
काठमाडौं उपत्यकाको स्विमिङ पुलमा-
रौनकता छाएको छ
भूतका हुलहरु नग्न पौडिरहेका छन्
एउटा भूतले मानव-अस्थिपन्जर भेट्टाउँछ
उन्मत्त हुँदै चिच्याउँछ-
"मैले मान्छेको हड्डी पाएँ"
"म अरबपति हुनेभएँ"।

निशालाई परास्त गरी उषाको उदय हुन्छ
क्षितिजमा लालीकिरण छाउँछ
केही भूतहरु दूरवीनबाट हेर्दैछन्
एउटा मानवीय आकृति देखेर
उत्साहित हुँदै
माइक्रोप्लेन चढेर त्यतै हुइँकिन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...