कहिले याद बनेर सताइरहन्छ
कहिले नशा बनेर मताइरहन्छ
कहिले काया बनेर तर्साइरहन्छ
कहिले छायाँ बनेर पछ्याइरहन्छ
अतीतको मायाले-२
स्मृतिको पानामा उनकै शब्द देख्छु
एकान्तमा भैदिंदा उनकै बोली सुन्छु
पवनको सुसेली उनकै जस्तो लाग्छ
बादलको टुक्रामा उनकै छवि नाच्छ।
गिलासको चियामा रुप छल्किदिन्छ
किरणमा उनैको आँखा टल्किदिन्छ
मस्तिष्कमा भुकम्प ल्याउँछ मायाले
न त बाँच्न नै दिन्छ,न मार्छ मायाले।
No comments:
Post a Comment