----------------------------------------------------------
कर्याम् कर्याम् ब्वाइलर मासु तेलमा तारेर
पर्र पर्र भुटन् पनि ल्याउनु खारेर
रातो पारेर
पिरो पारेर।
रक्सी लिने बहानामा हातै नसमाऊ
मीठो बोली बोलिदिंदा त्यसै नरमाऊ
त्यस्तो नठान
हात नतान।
पस्ने थिन पसिहालें साउनी देखेर
आज छैन भोलि दिन्छु राख्नु लेखेर
जान्न भागेर
दिन्छु ल्याएर।
खानेबेला खाईदिन्छौ सप्पै ठेकेर
तिर्नेबेला तर्किहिन्छौ मलाई देखेर
नलिइ छोड्दिन
त्यसै छोड्दिन।
घरमा पुगेपछि
-----------------------------*------------------------
अलि अलि भन्दा भन्दै धेरै पिएछु
पित्तनसंग सित्तन पनि धेरै लिएछु
स्वाट्टै खाएछु
लट्ठै भएछु।
ढुस्स भुँडी ठस्स गन्ध रक्सी पिएर
वाक्क वाक्क गर्दै फाल्छौ बेसी पिएर
धोक्नु धोकेर
कोच्नु कोचेर।
म त खान्न तिमी खाऊ किन पर्खेकी
यस्तै हुन्छ कहिलेकाही किन कड्केकी
आँखा नतर
हेला नगर।
ढ्वार्र ढ्वार्र आवाज पनि कति आएको
खान पाइयो भन्दैमा कति खाएको
घिच्न नपा'र
लाज पचा'र।
रक्सी खाँदा राम पनि रावण बनाउँछ
यस्तै हो नि हल्का ग्याँस त ठस्स गन्हाउँछ
जाँदै जान्न नि
खाँदै खान्न नि।
बुडी पनि बिर्साइदिने कस्तो माल पायौ
आँगन बिछ्याई आकाश ओढ्यौ बल्ल चाल पायौ
जाँदै नजानु
खाँदै नखानु।
No comments:
Post a Comment