लागिहाल्यो मायामा खडेरी
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।
कसले भन्छ सम्पत्ति सबथोक हो
माया बिना जिन्दगी बिजोग हो
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।
वरिपरि सब घुम्थे फनफनी
खर्च गर्दा झिकेर खनखनी
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।
साँचो माया हुँदैन पराजित
हुनुहुन्न मायामा संकुचित
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।
भोगिसकें स्वार्थी छ दुनियाँ
हेप्नु हेप्छन् नहुँदा रुपियाँ
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।
यो त हुन्छ पवित्र मनले
माया किन्न सक्छ र धनले?
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।
सफलताको सिंढीमा चढ्नलाई
पैसै चाहिन्छ अगाडि बढ्नलाई
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।
धनीले नि अन्न नै खाने हो
आखिरीमा घाटमा नै जाने हो
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।
कुन चाहिँ रोज्छ्यौ साइकल कि गाडीलाई
अमेरिका रोज्छ्यौ कि खाडीलाई
माया लाएँ केही नहेरी
पछुताउँछु अहिले हत्तेरी।
सम्मान गर्छु धनको धनीलाई
म त रोज्छु मनको धनीलाई
आरोप लाउँछौ कुरै नबुझी
पछुताउँछौ किन हत्तेरी।
No comments:
Post a Comment