उडि जाने चरी लाई
धेरै धेरै सम्झना छ
छोडी जाने निस्ठुरी मोरी लाई ।
•••••••••••••••••••••••••••••••
मेरो जूग जाने माया उनीलाई सस्तो भएछ
मेरो अमुल्य माया नि कौडीको जस्तो भएछ
घरको न घाटको भएको यो कानले सुन्नु नपरोस्
मेरो माया सम्झी जीवन भरी नै रुनु नपरोस्।
उडी जाने चरी लाई •••••••••••••••
•••••••••••••••••••••••••••••••••••••••••••
मलाई छोडी गए पछि सुनको थालमा खायो होला
मैले गर्ने माया भन्दा धेरै माया पायो होला।
कैलेकाही भेट भए हात तिम्रो हल्लाइ दिनु
अप्ठ्यारो नमानेर मेरो नामैले बोलाई दिनु।
उडी जाने चरी लाई •••••••••••••••••••••
Wednesday, 29 July 2015
उडी जाने चरी
जिन्दगी
फुलेको बेलून झैं फुट्यो जिन्दगी
उडेको चङ्ग झैं चुड्यो जिन्दगी ।
समयको हतौडाले कुट्यो जिन्दगी
नियतीले इज्जत लुट्यो जिन्दगी ।
पीडाको सागरमा खस्यो जिन्दगी
दु:खको भुमरीमा फस्यो जिन्दगी ।
खुशी देखि टाढा पुग्यो जिन्दगी
भाग्यको सामू झुक्यो जिन्दगी ।
कहाँ देखि कहाँ पुग्यो जिन्दगी
खै कहाँनेर चुक्यो जिन्दगी ।
फुलेको बेलून झैं फुट्यो जिन्दगी
उडेको चङ्गा झैं चुड्यो जिन्दगी ।
Tuesday, 28 July 2015
पजेरोमा सरर
नेताको जिन्दगी पजेरो सरर
जनताको भने पसिना तरर।
हातमुख जोर्न सधैं धौ धौ हुने
गरीबको त खस्छ आँसु नै बरर।
दु:ख गरे पनि नपुग्ने जिन्दगी
कपडा नि छैन जाडोले थरर।
डिस्को,बार धाउछन् चोर नेता हरु
पैसा उडाउछन् फरर फरर।
नाताबाद, कृपाबाद चल्या छ यहाँ
सभासद बन्या छन् ,पढ्दैन खरर।
नेताको जिन्दगी पजेरो सरर
जनताको भने पसिना तरर।
Sunday, 26 July 2015
मेरो दिलमा
मेरो दिलमा खाता तिम्रै खोलेको छु
ढाट्या हैन कसम सत्य बोलेको छु।
तिम्रा ती प्रेमरुपी जीवनको प्यालामा
बिख हैन कसम अमृत घोलेको छु।
भमरा हैन म फूल चाहर्दै हिन्ने
तिम्रै बगैचामा यता टोलेको छु।
जे गर्न नि तयार तिम्रो माया पाउन
अरु हैन तिम्रै गोडा मोलेको छु।
मेरो दिलमा खाता तिम्रै खोलेको छु
ढाट्या हैन कसम सत्य बोलेको छु।
अमर नाता
लाखौं कोसिस पछि मन यता मोड्यौ
खुशी छु म प्रिय अमर नाता जोड्यौ।
चोखो माया पाउन धेरै गार्हो हुन्छ
मेरो लागि तिमीले बाधा हरु तोड्यौ।
बाझो थिए अति, खडेरी थ्यो ममा
तिमी आयौ जब, मलजल गरि गोड्यौ।
नमूना देखायौ साचो अटल प्रेमको
सन्सारका प्रेमी लाई धेरै पछि छोड्यौ।
लड्यौ मेरो लागि,संघर्ष नि गर्यौ
प्रीतिको बाटोमा पत्थर हरु फोड्यौ।
लाखौ कोसिस पछि मन यता मोड्यौ
खुशी छु म प्रिय अमर नाता जोड्यौ।
Saturday, 25 July 2015
एकोहोरो माया
एकोरो मायाको के नै अर्थ भो
उनको माया पाउन हीरा शर्त भो।
------------------------------------------------
हर चीज बिकाउ छ यो सन्सारमा
मेरो चोखो माया पनि ब्यर्थ भो।
-------------------------------------------------
इमान्दारिताको मोल छैन यहाँ
सम्पत्ति थुपार्ने मात्रै मर्द भो।
-------------------------------------------------
भित्र जेसुकै होस खोलमा हेरिन्छ
दुनियाँ -चाल देखि मुटु दर्द भो।
------------------------------------------------
तरवार,खुकुरी नै सही हो क्यारे
आफू त नलाग्ने भुत्ते कर्द भो।
-----------------------------------------------
एकोरो मायाको के नै अर्थ भो
उनको माया पाउन हीरा शर्त भो।
निउ छैन
केही पनि लिउ छैन, केही पनि दिउ छैन
कान्छी सीता बोल्न लाई केही पनि निउ छैन।
--------------------------------------------------
तिर्खा नि ला छैन , पानी नि पिउ छैन
मन पराउने हुन होइनन् खाइलाग्दो जिउ छैन।
केही पनि लिउ छैन••••••••••••••••••••••
अनिकालमा बीउ छैन, हिमालमा हिउँ छैन
कान्छी सीता भेट्न लाई केही पनि निउ छैन।
केही पनि लिउ छैन•••••••••••••••••••••
बोलीमा सान छैन,साथमा धन छैन
झुत्रो-मुत्रो लाएर भेट्न लाई मन छैन।
केही पनि लिउ छैन••••••••••••••••••••
गोठमा मोइ छैन, घरमा कोही छैन
कान्छी सङ्ग मिल्ने म पोइ छैन।
केही पनि लिउ छैन, केही पनि दिउ छैन
कान्छी सीता बोल्न लाई केही पनि निउ छैन।
झ्याप्पै ठेस लाग्यो
नागबेली केश देख्दा मलाई बेश लाग्यो
चन्द्ररुपी मुहार देख्दा झ्याप्पै ठेस लाग्यो।
----------------------------------------------------
कहाँ छु म, को हू म, होसै उड्यो कस्तो
आफ्नै आगन पनि मलाई अर्कै देश जस्तो।
गजालु ती आँखा देख्दा मलाई बेश लाग्यो
परी जस्ती मोरी देख्दा झ्याप्पै ठेस लाग्यो
----------------------------------------------------
तिम्रो चाल, जीउ डाल वर्णन गरुँ कसरी
तिम्रो बोली अनि वचन सङ्गीत बजे जसरी
गुलाबी ती ओठ देख्दा मलाई बेश लाग्यो
बैशालु जोवन देख्दा झ्याप्पै ठेस लाग्यो।
------------------------------------------------------
तिम्लाइ पाउने चाहनामा बर्सौ बर्ष बित्यो
आखिरीमा त्यो तनले यो मन लाई जित्यो।
तिम्रा ती यौवन देख्दा मलाई बेश लाग्यो
राता राता गाला देख्दा झ्याप्पै ठेस लाग्यो
----------------------------------------------------
नागबेली केश देख्दा मलाई बेश लाग्यो।
चन्द्ररुपी मुहार देख्दा झ्याप्पै ठेस लाग्यो।
Friday, 24 July 2015
रोगी बनायो
पिरतीले नै आज रोगी बनायो हजूर
पिरतीले नै आज जोगी बनायो हजूर।
__________________________
जे भने त्यो गरिन्न,जे गरे त्यो देखिन्न
सन्सारले नै आज ढोङ्गी बनायो हजूर।
____________________________
सुखमा रम्न पाए दु:ख कस्ले गर्छ र
शरीरले नै आज भोगी बनायो हजूर।
____________________________
आखिर बन्या छैन नियत जाच्ने मेशिन
आफैले आफू लाई चोखी बनायो हजूर।
____________________________
साचो/झूटो गार्हो भो छुट्याउन लाई यहाँ
यो मनले नै सायद हो कि बनायो हजूर।
_____________________________
पिरतीले नै आज रोगी बनायो हजूर
पिरतीले नै आज जोगी बनायो हजूर।
डाफे र मुनाल नाचेको
केटा:डाफे र मुनाल नाचेको
चेर्दुङ् हिमाल शीरैमा
झ्याइ पारौ यही मंसीरमा
नबस कान्छी पीरैमा।
केटी:डाफे र मुनाल नाचेको
चेर्दुङ् हिमाल शीरैमा
झ्याइ पारौ यही मंसिरमा
नबस कान्छा पीरैमा।
केटा:छेच्यु र सक्दाव मेलामा
सेब्रुको तालमा नाचौला
दुधकुण्ड साक्षी राखेर
चोखो पिरती गासौला।
डाफे र मुनाल नाचेको••••••••••••••••
केटी:कस्तुरी मृग नाचेको
पिरती लाउने बेलामा
जाम है कान्छा यसपाली
जट्टा पोखरी मेलामा।
डाफे र मुनाल नाचेको•••••••••••••••••
केटा:ॐ माने पेमे जपेर
गुम्बामा दर्शन गरौंला
छातीमा सुनको जन्तरले
मुटुमा मायाले सजौला।
डाफे र मुनाल नाचेको••••••••••••••••
केटी: चौरीको छुर्पी र मोइ खादै
टुङ्ना लिएर साथैमा
आउ है कान्छा भेट्न लाई
शनिबार जिरी हाटैमा।
डाफे र मुनाल नाचेको••••••••••••••••
केटा:बुद्धको कसम खाइसक्यौ
एक अर्काको भइसक्यौ
स्वर्गकी परी जस्ती लाई
यो केटोले पाइसक्यो।
दुबै: डाफे र मुनाल नाचेको•••••••
Thursday, 23 July 2015
नौ डाडा काट्यो
दही झैँ जमेको मन बादल सरी फाट्यो
हेर्दा हेर्दै मोरीले पल्लो डाडा काट्यो।
तिमी बिना एक पल नि बाच्दिन म भन्थ्यो
मेरो माया छोडेर अर्कै सङग साट्यो।
झूटो रैछ त्यो बाचा ,झूटो रैछ कसम
सधैं साथ दिन्छु भन्थ्यो आज अन्तै आट्यौ।
आफ्नैले धोका दियो कसको बिस्वास गर्नु
जिउनु न मर्नु पार्यो खाडलैमा गाड्यो।
चोखो माया गरे थे के मा कमी भयो
खै कस्तो साथ पायौ मलाई नै छाड्यौ।
हुँदै नहुने यो केटी (केटा) को जात
केटा: ह्यान्सम केटा देखेपछि देखाइहाल्छन
दात
घुमाउरो पाराले नै हल्लाउछ्न हात।
हुँदै नहुने यो केटीको जात
धनी केटा पाए पछि छोडिहाल्छन
साथ।
केटी: केटी देखे पछि त्यसै हानिहाल्छन
साइड
केटीकै लागि कठै गरिहाल्छन फाइट।
हुँदै नहुने यो केटाको जात
राम्री केटी पाए पछि छोडिहाल्छन
साथ।
केटा: नक्कली भई हिन्छन लागे पछि मात
हामी लाइ दोस दिन्छन छुटे पछि
साथ।
हुदै नहुने यो केटीको जात•••••••••
केटी: बिहे भन्दा पहिले त समाउछन हात
बिहे भए पछि त हानिहाल्छ्न लात।
हुँदै नहुने यो केटाको जात°•••••••
केटा: बिहे नभए सम्म लहै कुरिरहन्छन
साइत
बिहे गरे पछि बरै भागिरहन्छन माइत
हुँदै नहुने यो केटीको जात••••••
केटी: नयाँ पाइन्ट पनि दस ठाउमा काट्छन
केटा हरु बटुलेर सारै गफ छाट्छन।
हुदै नहुने यो केटाको जात•••••••
केटा: वान पिस लगाएर केटा फसाउछन
सोझा केटा हरुलाई खरानी घसाउछन
हुँदै नहुने यो केटीको जात••••••
केटी : नपाउदा कति धेरै देखाउछन आश
पाए पछि चुपचाप अन्तै सर्छन बास
हुँदै नहुने यो केटाको जात••••••••।
Wednesday, 22 July 2015
मेरो जीवन
मेरो जीवन ओइली झरेको फूल भो
मनको कुरा बुझिन तै एउटा भूल भो।
-------------------------------------------
मेरा सारा सपना चकनाचुर भो
तिमि बिना जीवन अति झूर भो।
मेरो जीवन-------------------------------
अचानक दोबाटोमा भेट आज भो
बिर्सेको थिए फेरि याद ताजा भो।
मेरो जीवन--------------------------------
मेरो माया तिम्लाइ बिग्र्या बाजा भो
बिछोडको हल्ला भो, बाच्न लाज भो।
मेरो जीवन----------------------------------
तिम्रो माया मलाई मन्द विस भो
सानो गल्ती भो मेरो किन रीस हो।
मेरो जीवन---------------------------------
एक किस्सा हु
म तिम्रो कविताको एक हिस्सा हु
म तिम्रो कहानीको एक किस्सा हु।
स्पर्श नगर भो अब मलाई
भुइँमा खसी चर्केको त्यो सिसा हु।
नपछ्याइ देउ मलाई,नखोज मलाई
हराको छु गन्तव्य-हीन दिशा हु।
जादैछु टाढा तिम्रो जीवन देखि
पासपोर्टमा लागेको एक भिसा हु।
म तिम्रो कविताको एक हिस्सा हु
म तिम्रो कहानीको एक किस्सा हु।
Tuesday, 21 July 2015
बोल बोल
बोल बोल, झूट बोल
अलिकति मीठो झूट बोल
झूट नै सहि मेरो लागि
लूट नै सहि मेरो लागि।
------------------------------
प्रेम र युद्धमा जे गरे नि सहि
सत्य, तथ्य कुरा लुक्दैन कहिँ
तर हाम्रो प्रेम यस्तो होस
साचो र अटल प्रेम होस।
बोल बोल•••••••••••••••••••
-----------------------------------
दुनियाँ लाई ढाट,दुनियाँ लाई छल
प्रेमको लागि दुनियाँ बदल
तर हाम्रो माया सागर झैँ होस
पानी सुके पछिको बगर नहोस।
बोल बोल•••••••••••••••••••••••
--------------------------------------
कसैलाई फुटाउ, कसैलाई जुटाउ
प्रेमको लागि कसैलाई कुटाउ
तर कच्चा माया कहिल्यै नगरौं
तर झूटो माया कहिल्यै नगरौं ।
बोल बोल•••••••••••••••••••
जून तारा छुन्छु
तिम्रो लागि भुत्तुक्कै हुन्छु म
भन मात्रै जून तारा छुन्छु म।
तिमी बिना धरधरी रुन्छु म
आशुले नै यी आँखा धुन्छु म।
एउटा मुटु सय टुक्रा पारेर
पराइ रोज्दै छौ भन्ने सुन्छु म।
तिमी नै हौ जीवनको लक्ष्य
अर्कै बाटो कसरी चुन्छु म।
तिम्रो मेरो हिसाब किताबमा
माया लाई मायाले गुन्छु म।
तिम्रो लागि के गरुँ भन म
बगिर'को सागर लाई थुन्छु म।
तिम्रो लागि भुत्तुक्कै हुन्छु म
भन मात्रै जून तारा छुन्छु म।
दुई दिने जिन्दागानीमा
केटा: तिमी हुर्क्यौ हिमाली पाखैमा
सधैं बस्यौ यो मेरो आखैमा।
दुई दिने जिन्दागानीमा
खेर नफाल जवानी निर्माया
आनाकानीमा।
केटी : म त परे हिमाली छोरी
भो भो मलाई नखोज जोरी।
दुइ दिने जिन्दागानीम•••••
केटा : बुझी हाले त्यो तिम्रो भाकैमा
आउ बस यो मेरो काखैमा।
दुई दिने जिन्दागानीमा••••••
केटी: तिम्रो त्यो बोली नै चर्को छ
मैले मन पराउने अर्को छ।
दुई दिने जिन्दागानीमा•••••
केटा: मुखले रोजे नि जल्लाइ नै
तिम्रो मनले खोजेको मल्लाइ नै।
दुई दिने जिन्दागानीमा••••••••
केटी: बनको बेल बनैमा पाकिसक्यो
अर्कैले प्रेम प्रस्ताब राखिसक्यो।
दुई दिने जिन्दागानीमा••••••
केटा: यो गाउमा राम्री छौ तै मात्रै
तिमी लाई सुहाउने मै मात्रै।
दुई दिने जिन्दागानीमा••••
केटी: मेरो बारेमा अरु सीता कल नगर
भो भो मलाई पाउदैनौ बल नगर।
दुई दिने जिन्दागानीमा•••••
केटा: पड्काइदिन्छु म उस्को गाला
तिम्रै हु म गए यो ज्यान जाला।
दुई दिने जिन्दागानीमा•••••
केटी: के हो कान्छा यो तिम्रो चाला
जिद्दी नगर आफूलाई सम्हाल।
दुई दिने जिन्दागानीमा••••
केटा: मलाई थाहा छ मलाई माया गर्छौ
बेकारमा किन हो आँखा तर्छौ।
दुई दिने जिन्दागानीमा•••••
केटी: मैले तिम्रो मन पो हेरेको
छैन मैले अरु लाई प्रेम गरेको।
दुई दिने जिन्दागानीमा••••••
केटा: बल्ल यो मन सार्है नै खुशी भो
सुखले मन भरेर झुसी भो।
दुई दिने जिन्दागानीमा••••
केटी : आफ्नो बनाउ रिस राग फालेर
यो सिउदोमा सिन्दूर हालेर।
दुई दिने जिन्दागानीमा••••••
Monday, 20 July 2015
आज अचानक
आज अचानक तिमी लाई भेट्दा
यो घाउ बल्झियो
जहाँ जाउ जे गर यो ज्यान मेरो
तिमी मै अल्झियो।
काठमाडौ गए,पोखरा गए
पिरती लाइन
सन्सार घुमे जहाँ गए पनि
तिमी जस्ती पाइन।
आज अचानक••••••••
म देखि टाढा टाढा गयौ
किन हो था छैन
के भयो मलाई के रोग लाग्यो
सन्चो नि भा छैन।
आज अचानक•••••••••••
तिमिले छाडेर गए देखि
खान मन ला छैन
तिमी बाहेक यो जीवनमा
कोही पनि आ छैन।
आज अचानक••••••••
Sunday, 19 July 2015
एउटी सुन्दरी
एउटी सुन्दरीको निम्ति पर्यो तानातान
केटा हरु उस्तै फीदा पर्यो हानाहान ।
सबै रुपको पछाडि, सच्चा माया हैन
जहाँ फूल त्यहाँ भमरा पर्यो भनाभन।
ठाउँ न ठहर बुढीको रहर भने झैँ गर्छन्
एकले टेक्ने पाइलामा टेक्छन् जानाजान।
रुपको लागि किन मर्छन् थुप्रे टनाटन
रुपै शक्ति ,रुपै आगो बल्यो दनादन।
तोपको सलामी
यो देशको सहिद लाई लाखौं लाख मलामी
देशको लागि लड्ने लाई तोपको छ सलामी।
स्वाभिमानी नेपाली हौं भैरहने नै छौं
हुनु छैन हामी लाई कसैको गुलामी।
हाम्रो लागि जन्मभुमी स्वर्ग भन्दा प्यारो
यो देशको लागि सधैं लडिरन्छौ हामी।
चार जात छत्तिस वर्ण साझा फूल बारीमा
केको जात केको भात के दमाई के कामी।
हामी सबै मिलेर यो देश लाई बनाउछौ
अमेरिका युरोप भन्दा बनाउने छौं दामी।
बिदेशको बास
धेरै बर्ष भयो हजूर बिदेशको बास छ
पिजडाको चरी भइयो पराइको दास छ।
पचास डिग्रीको तातो घाम साउन भदौमा
नेपालमा भन्छन् हजूर लाउरे झक्कास छ।
चाहिदैन मलाई अब बिदेशको डलर
२ थोपा रगत ज्यानमा,एक मुठी सास छ।
के गर्नु रियाल,धिराम,के गर्नु र रिङ्गेट
बिदेशको जीवन त यहाँ जिउदो लास छ।
उता भने दशै, तिहार, चाड्बाड्को उल्लास
खुशी छैन मन यहाँ सार्है नै हतास छ।
पकाइ खाउ, ड्युटी जाउ, यहाँको खबर छ
न आरामको निद्रा नैछ ,न त मीठो गास छ।
के सुनाउ धेरै हजूर प्रदेसीको खबर
स्वदेशकै यादमा तड्पी केबल निराश छ।
नेता
घुस बिना खुस छैनन् यहाँ नेता
सोझा सीधा जनता लाई कुरा के था।
कुनै पनि काम हुन्न घुस बिना
यस्तै छ नेपाल ,नेपालीको ब्यथा।
जनताले पाए दु:ख माथी दु:ख
मुद्दा लड्न बेच्नु पर्छ भा'का जेथा।
बेरिएको छ देश भ्रष्टाको जालोले
धनीले बनाउछ कालो धन सेता।
कहिले सुगौली ,कहिले के सन्धि
सन्धिको नाममा देश बेच्छन्,यता।
घुस बिना खुस छैनन् यहाँ नेता
सोझा सीधा जनता लाई कुरा के था।
दोबाटोमा भेट हुँदा
दोबाटोमा भेट हुँदा आँखा तर्काइ हिड्यौ
यो सोझो केटो सामू कम्मर मर्काइ हिड्यौ।
अन्जानमा माया बस्यो मेरो तिमी सिता
निर्दोसीको माया थ्यो मुटु चर्काइ हिड्यौ।
नागबेली केश तिम्रो, बदामी ती आँखा
पागल थे तिम्लाइ देखी जीउ लर्काइ हिड्यौ
तिम्रो तन लाइ हैन म मन लाई मन पराउछु
म माया गर्छु भन्दा उल्टै थर्काइ हिड्यौ
दोबाटोमा भेट हुँदा आँखा तर्काइ हिड्यौ
यो सोझो केटो सामू कम्मर मर्काइ हिड्यौ।
Saturday, 18 July 2015
स्वदेशी माया
के एफ सि,बर्गर भन्दा ढिडो दाल्भात मीठो
अर्काको गुलामी भन्दा कर्मठ हात मीठो।
जति भुले नि बिदेशी तडक र भडकमा
आफ्नै परिवार,इस्ट,अधेरी रात मीठो।
चाहिदैन मलाई व्हिस्की,ब्रान्डी अनि बियर
आफ्नै देशको भट्टीको तोङ्बाको मात मीठो।
बिदेशी नक्कली बोली,वचन,नाटक हैन
बाबा आमा,इस्ट मित्र,सोल्टिनीको बात मीठो।
लिभिङ टुगेदर अनि क्षणिक माया भन्दा
नेपालको चोखो माया हमेसाको साथ मीठो।
Friday, 17 July 2015
हिड्यो आखिर तिमी
हिड्यो आखिरीमा झिल्के पटाएर
गयौ पराइ घर माया लत्ताएर।
बसेकी थ्यो तिमी मलाई सताएर
थुपार्यो दोस म मा झूटो बताएर।
धनी केटा पायौ मलाई हटाएर
लैजाने सूर थियो डाडा कटाएर।
सपनीमा देख्छु ,त्यसै फत्फताउछु
अर्कै लाई जोड्यो मलाई घटाएर।
एक्लै छाडी दियौ पारो तताएर
बस्ने मन थियो संगै अटाएर।
कहाँ जान लाग्यौ
कहाँ जान लाग्यौ मग-मगाएर
यो दिलमा दन्दनी आगो लगाएर।
म त बसि सके तिम्रो त्यो दिलैमा
टाढा टाढा नजाउ आशा जगाएर
देला जस्तो छैन घरमा मागेर
घर लान्छु तिम्लाइ अब भगाएर।
सिन्दूर लगाएर आफ्नै बनाउछु
सकिन्न तिमी लाई हेरी अघाएर।
तिम्रो रुप,रंग देखेर साच्चिकै
बस्न म सक्तिन गीत नगाएर।
पिरतीको इतिहास
कोर्दैछौ पिरतीको नंया इतिहास
सबैले सम्झिनेछन् पिरतीमा खास।
हाम्रै नाम लिनेछन् माया लाउदा खेरी
नमुना हाम्रो माया भुल्ने छैनन् फेरि।
पत्थरमा राख्दैछु म प्रेम पत्र केरी
सबै छक्क पर्ने छन् मेरो हर्कत हेरी।
कोर्दैछौ पिरतीको••••••••••••••••••••
महिनौ, बर्ष दिन अगालोमा बेरी
बस्छौ सबैको सामू कसैलाई नटेरी
पशु पन्क्षी, जीव जन्तु बस्न थाले घेरी
आँखा चिम्म नगरी बसिरहे हेरी।
कोर्दैछौ पिरतीको••••••••••••••••••••
Wednesday, 15 July 2015
हातहरु
गजल,गीतले बन्दैन देश चल्नु पर्छ हात हरु
एक्लो प्रयासले हुदैन आवस्यक छ साथ हरु।
काम गर कुरा जस्तो , काम जस्तो कुरा गर
जुर्मुराइ जाग्नुछ यहाँ जे भए नि जात हरु।
जनता सबै एक जुट भइ लड्न सक्नु पर्छ यहाँ
सहनु हुन्न है अब अत्याचारी लात हरु
हातमा हात,काधमा काध मिलाएर उठ्ने बेला
केही गर्ने बेला हो यो टाढा राख मात हरु।
समय खेर नफाल एक पलको नि महत्व छ
निरन्तर भै लागि परौ दिन अनि रात हरु।
धाउछौ गैरी खेत
धाउछौ गैरी खेत
माया नभए के त
तिम्रो मेरो भेट
दैवले जुरा रे त।
यस्तै माया भए
हुन्थ्यो हाम्रो बिहे त
हात माग्न आउछु
तिम्रो बाउले दे त।
कम्मर कस कान्छी
नगर है लेट।
झ्याइ पारौ अहिले
पछि कसलाई के था।
धाउछौ गैरी खेत
माया नभए के त
तिम्रो मेरो भेट
दैवले जुराको रे त।
Saturday, 11 July 2015
डुल्छु म
तिम्रो साथ पाए मैले सारा दु:ख भुल्छु म
तिम्रो त्यो जिन्दगीको आगनैमा डुल्छु म।
तिमी बिना जिन्दगी अधुरो र अपुरो
तिम्रो माया पाएसी फूल जस्तो फुल्छु म।
चिनी भै आयौ तिमी मीठो भा'छ जीवन
तिम्रो त्यो जिन्दगीमा पानी भई घुल्छु म।
अन्धकारमा गुम्सेथे लुक्या थियो जीवन
उज्यालो भई आयौ छर्लङ्ग भै खुल्छु म।
तिमी छौ जिन्दगीमा बाच्नुको महत्व छ
नयाँ जीवन दियौ तिम्रै लागि झुल्छु म।
Friday, 10 July 2015
कसम खाको छु
तिमी लाई चोखो माया मैले लाको छु
मेरो आफ्नै बनाउने कसम खाको छु
सधैं तिम्रै वरिपरि मैले छाको छु
पिरतीको मिठो गीत मैले गाको छु।
मठ मन्दिर गए कति तिमी लाई पाउन
कन्जुस्याइँ किन गर्छौ चोखो माया लाउन।
तिम्रो लागि अघि पछि धेरै धाको छु
धाउदा धाउदा म त अब हैरान् भाको छु।
सधैं तिम्रै वरिपरि मैले छाको छु
पिरतीको मिठो गीत मैले गाको छु
उकाली र ओराली सङ्गै मिली गरौं
बाचे पनि सङ्गै बाचौ मरे सङ्गै मरौ।
सिउदोमा सिन्दूर भर्न यहाँ आको छु
मनको ईच्छा पूरा गर्ने मौका पाको छु
सधैं तिम्रै वरिपरि मैले छाको छु
पिरतीको मिठो गीत मैले गाको छु।
आगो बलिरहेछ
प्रकृतिको फल फलिरहेछ
फुलैमा भमरा हलिरहेछ।
यौवनको आगो दन्केको बेला
त्यै आगोमा तन जलिरहेछ।
समयको सुइ छ आफ्नै गतिमा
धड्कन छिटो छिटो चलिरहेछ।
गर्जेको छ बादल, पानी बर्सेको
बिस्तारै मेरो तन गलिरहेछ।
प्रकृतिको फल फलिरहेछ
फुलैमा भमरा हलिरहेछ।
Thursday, 9 July 2015
मेरो जीवनमा तिमी
कहिले तातो घामले सेकायौ
कहिले झरी बनेर रुझायौ
मेरो जीवनमा तिमी (मौसम बनेर आयौ)२।
पहिले पालुवा फेरेर आयौ
अहिले पातहरु झारेर गयौ
मेरो जीवनमा तिमी (रीतु बनेर आयौ)२।
पहिले सुख बनेर आयौ
अहिले दु:खमा पारेर गयौ
मेरो जीवनमा तिमी के के बनेर आयौ
के के बनेर गयौ।
के यो माया हो?
यो तन छ यहाँ
यो मन छ कहाँ
के यो साया हो
के यो माया हो।
कसैको यादमा टोलाउछु
उनैको नामले बोलाउछु।
कुन दुनियाँमा हराउछु
बेहोसीमा बर्बराउछु।
मन थियो जहाँ
आज छैन त्यहाँ
के यो साया हो
के यो माया हो।
सपनामा उनलाई देख्छु
यो हातले के के लेख्छु।
सब लाई उनी झैँ देख्छु
खै के देख्छु के के लेख्छु।
उनी छिन् जहाँ
म त्यहाँ त्यहाँ ।
के यो साया हो
के यो माया हो।
तिमी जून हौ
आकाशकी जून तिमी धर्तीबाट हेरि रहे
तिम्लाइ पाउने आशामा निरन्तर म कुरि रहे।
तर तिमी आइनौ
माया प्रीति लाइनौ।
के थाहा म पागल लाई आउदिनौ तिमी भनी
तैपनि प्रतीक्षामा बसेको छु दिन गनी।
किन खिल्ली उडाइ दियौ दुखीको कुरा सुनी
म प्रती दया माया जाग्दैन किन कुन्नी।
तिम्रो लागि
तिम्रो लागि मर्छु
तिम्लाइ माया गर्छु
तिमी आँखा तर्छौ
मलाई गाली गर्छौ।
माया हो जिन्दगी, माया नै हो सन्सार
माया हो औसधि, निको पार्छ क्यान्सर।
म तिम्रो लागि••••••
दुई दिने जीवनमा आउ माया लगाउ
दुई मुटु एक पारी सारा दु:ख भगाउ।
म तिम्रो लागि••••••
सम्झनाको टालो
छोडी आए तिम्लाई सम्झनाको टालो
चोखो माया लाउने अब तिम्रो पालो।
तिमी सीता भेटे पछि पिउन छोडेको छु
तिमी बाट टाढिए'सी जिउन छोडेको छु।
पाप छैन सोचेको दिलमा छैन कालो
चोखो माया लाउने अब तिम्रो पालो।
जिन्दगीको मेरो बाटो त्यतै मोडेको छु
एउटा भाको मुटु पनि त्यतै छोडेको छु।
माया लाई फुलाउन गरौं हत्तेमालो
चोखो माया लाउने अब तिम्रो पालो।
तिम्रो लागि भनी कैयौ पत्थर तोडेको छु
दु:ख कस्ट गरी कन अत्तर जोडेको छु।
घाउ सुक्या छैन अझै सम्म आलो
चोखो माया लाउने अब तिम्रो पालो।
Wednesday, 8 July 2015
ए कान्छी
ए कान्छी तिम्रो जालैमा पर्छु कि क्या हो
तिम्रो रुपैमा भुत्त्तुक्कै मर्छु कि क्या हो।
तिमी जस्ती सुन्दरी त कहिल्यै देख्या थिन
तिमी सङ्ग बोलु भन्छु डराउछु त्यसै किन।
ए कान्छी•••••••••••••••••••••••••••••••••••
न त दिनमा भोक न त रातमा निद नै आउँछ
यता उता जहाँ जाउ तस्वीर तिम्रै छाउछ।
ए कान्छी••••••••••••••••••••••••••••••••
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...