तिम्लाइ चिन्न सकिन
तिम्रो लागि गुन्यु चोली किन्न सकिन।
तिमिले त धेरै धेरै माया दियौ
मेरो लागि कति धेरै आँसु पियौ।
माया दिन सकिन
तिम्रो लागि गुन्यु चोली किन्न सकिन।
मेरो पछि धायौ, चोखो माया लायौ
मेरो लागि तिम्ले दु:ख मात्र पायौ।
माया लिन सकिन
तिम्रो लागि गुन्यु चोली किन्न सकिन।
हजारौंमा तिम्ले मलाई नै रोज्यौ
कोसिस गरि नयाँ जीवन दिन खोज्यौ।
मैले चिन्न सकिन।
तिम्रो लागि गुन्यु चोली किन्न सकिन।
No comments:
Post a Comment