Monday, 6 July 2015

मोल तोक्छौ रे

मुटु लाई  अचेल तराजुमा जोख्छौ रे
फक्रेको जवानी बजारमा पोख्छौ रे।

आफ्नो अनुहार ऐनामा देखाइ हेर
सबैको सामुन्ने खोक्न सम्म खोक्छौ रे।

बिख लाई पनि यहाँ औसधि हुन्छ
गोमन सर्प भई सबैलाई टोक्छौ रे।

के थाहा तिमी लाई माया भनेको के हो
चोखो मायाको मोल अचेल तिम्ले तोक्छौ रे।

मुटु लाई  अचेल तराजुमा जोख्छौ रे
फक्रेको जवानी बजारमा पोख्छौ रे।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।