आखाकि नानी हौ रुपैकी रानी
भुत्तुक्कै पार्यो नि चन्चले बानी।
नतड्पाउ है मलाई जानी नजानी
झट्टै माया लगाउ के आनाकानी।
चुप चाप नबस गर कुराकानी
मन पराए तिमि लाखौंमा छानी।
मेरी परी तिमी मायाकी खानी
झुप्रोमा लैजान्छु बस सुख मानी।
आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।
No comments:
Post a Comment