नेताको जिन्दगी पजेरो सरर
जनताको भने पसिना तरर।
हातमुख जोर्न सधैं धौ धौ हुने
गरीबको त खस्छ आँसु नै बरर।
दु:ख गरे पनि नपुग्ने जिन्दगी
कपडा नि छैन जाडोले थरर।
डिस्को,बार धाउछन् चोर नेता हरु
पैसा उडाउछन् फरर फरर।
नाताबाद, कृपाबाद चल्या छ यहाँ
सभासद बन्या छन् ,पढ्दैन खरर।
नेताको जिन्दगी पजेरो सरर
जनताको भने पसिना तरर।
No comments:
Post a Comment