Saturday, 4 July 2015

हास्न सकिन

दिल भित्र चोट बोकि हास्न सकिन
तिम्रो तस्बिर मुटुमा टास्न सकिन।।

चुडी सके प्रेमको माला धुजा नै भए
हजारौ कोसिस गरे,गास्न सकिन।

अमुल्य छ यो जीवन,जिउनु छ यहाँ
तिम्रो कारण जमिनमा भास्न सकिन।

अझै पनि अलि कति बाकी छ प्रेम
प्रेमको बीउ भने मैले मास्न सकिन।

ओरालो लाग्यो जीवन पिरती लाएर
फसिसके दलदलमा,उकास्न सकिन।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।