Sunday, 5 July 2015

कमाल भो

तिम्रो मेरो मायाले बबाल भो
केही दिन आफूलाई सम्हाल भो।

भुइँचालो ल्यायौ रे समाजमा
सानो तिनो समस्या बिकराल भो।

चोखो माया लाउन नपाउनु र ?
समाज नै मायामा पर्खाल भो।

बिकृती ल्यायौ भन्छन् हामीलाइ
मायाको बिरुद्धमा हडताल भो।

आखिर जीत भयो मायाको नै
जे जे भो जीवनमा कमाल भो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।